देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपत्बाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो ।
पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सुनसरीमा एक, रोल्पामा दुई, कैलालीमा दुई र कपिलवस्तुमा दुई गरी नौ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । देशका विभिन्न स्थानमा विभिन्न खालका ४४ भन्दा बढी विपत्का घटना भएका राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विराटनगर क्षेत्रमा करिब एक हजार घर डुबानमा परेका छन् । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । देशका १० वटा सडकखण्ड अवरुद्ध छन् । विराटनगरको विमानस्थल ठप्प बनेको छ ।


