• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

सुरक्षित ठानेर स्थानीयले आश्रय लिएको घर नै पहिरोले बगाएपछि….

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित

बागलुङ- बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए । सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरुपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए ।

आरुपाटाका स्थानीय मंगलबार बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे । अपसोच बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो । पहिरोले जोगबहादुर बुढाको घर पुर्दा छ जनाको मृत्यु भयो ।

पहिरोमा चार जना अझै बेपत्ता रहेको आशङ्का रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो ।

बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए । “गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्” ।

वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भन्नुभयो, “जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो, पहिरोले घरसहित गोठसमेत बगाएको छ, स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो, एक जनाको उद्धारपछि मृत्यु भएको थियो अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ ।”

घटनास्थलमा पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो । केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए ।

“एउटै घरमा यति धेरै मानिस रहेछन्, फरकफरक समुदायका मानिस आश्रय लिनका लागि त्यस घरमा पुगेको पाइयो”, यादवले भन्नुभयो, “त्यही घर नै पहिरोले पुर्दा छ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्, बेपत्ताको यकिन भएको छैन, खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भइरहेको छ ।”

प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा रहनुभएको छ ।

पहिरोमा परेर नौ जनासमेत घाइते हुनुभएको छ । पहिरोमा परी घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते हुनुभएको छ ।

घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ । घरधनी जोगला बुढाको जीवितै उद्धार गरे पनि उद्धारको एक घण्टापछि मृत्यु भएको हो । पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरुष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक पहिरोमा बेपत्ता हुनुभएको प्रहरीको भनाइ छ ।

पहिरोमापरी गम्भीर तथा घाइतेको उद्धार र उपचारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरे पनि मौसम बाधक बनेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनुभयो । पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टर बागलुङ बजारमा अवतरण गरेको छ । उद्धारका लागि हेलिकप्टर पुनःबुधबार बिहानै पठाउने उहाँले बताउनुभयो ।

बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण गर्न नसकेपछि श्री नम्बर २३ बाहिनी अड्डा बागलुङमा अवतरण गरेको हो ।

कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । हेलिकप्टर बुधबार बिहान पुनःउद्धारका लागि घटनस्थलतर्फ जाने प्रहरीले जनाएको छ ।

यस्तै पहिरोका कारण बडिगाड गाउँपालिका–९ स्थित नयाँ बस्तीका १४ वर्षीय विधान परियार र सोही वडाको खहरे भन्ने ठाउँका २४ वर्षीय गङ्गा बस्नेतको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरो पन्छाउने क्रममा परियारको र बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले बस्नेतको मृत्यु भएको थियो ।

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.