• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ९. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

बाहिर निस्कन थाले घाइते बाघ

  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित

नारायणगढ, भदौ ११ । पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्‍यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।

पोस्टमार्टममा संलग्न रहेका निकुञ्जका पशु चिकित्सक डा. श्रेष्ठले भन्नुभयो, “जङ्गलमै दुई बाघ जुधेर त्यो बाघलाई घाइते बनाएर लखेटेको रहेछ । बाघ सात/आठ दिनदेखि भोकै भएकाले शिथिल अवस्थामा रहेको र आहाराको खोजीमा भैँसीलाई आक्रमण गर्न गएका बेला बाघलाई उल्टै भैँसीले हानेर मारिदियो ।”

यस्तै भदौ ३ गते निकुञ्जकै पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको विनयीत्रिवेणीको बगुवनबाट करिब छ वर्षको बाघले स्थानीयका दुई वटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेपछि निकुञ्जले त्यसलाई नियन्त्रणमा लिएको थियो । मकैबारीमा लुकेर बसेको सो बाघको पछाडि फिलामा चोट छ । निकुञ्जले यो बाघ पनि एकआपसमा जुधेर घाइते भएको जनाएको छ ।

नारायणगढ बजारमा गत साउन २१ गते भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई आक्रमण गर्ने पाँच वर्षको बाघलाई उद्धार गरी सौराहा लगियो । घाइते नभएको यो बाघलाई केही दिन सौराहामै राखेर पछि निकुञ्जमै छाडियो । यी त निकुञ्जवरपरका प्रतिनिधि घटना हुन् । आर्थिक वर्ष २०८०/८१ मा निकुञ्जले ११ वटा बाघको उद्धार गरेको छ । चालु आव २०८१/८२ को करिब एक महिनामै दुई वटा बाघको उद्धार भएको छ । यसरी उद्धार गरिएका अधिकांश बाघ कुनै न कुनै रूपमा घाइते छन् ।

यस्तै आव २०८०/८१ मा चितवनमा आठ वटा बाघ मरेका छन् भने २०८१/८२ मा बिहीबार मरेको बाघ पहिलो बाघ हो । उद्धार गरिएकामध्ये सौराहामा तीन, कसरामा दुई र देवनगरमा दुई गरी छ वटा बाघ चितवनमै थुनेर पालिएको छ । यस्ता समस्यामा परेर थुनेर पालिएका बाघ बर्दियामा चार र बाँकेमा एउटा छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै बासस्थानको अभावमा पनि बाघ एकआपसमा जुध्ने गरेको बताइन्छ ।

वन्यजन्तुविद् डा. बाबुराम लामिछाने बाघको सङ्ख्या बढेसँगै वयस्क बाघहरू जुध्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बाघको सङ्ख्या बढेकै कारण एकआपसमा जुध्न थाले । यसरी बाघ जुध्नु भनेको कि त निकुञ्जमा आहाराको कमी भयो कि त बासस्थान सानो भयो भन्ने बुझ्नु पर्छ ।”

सन् २०२२ को गणना अनुसार नेपालमा ३५५ बाघ छन्, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् । यसअघिको सन् २०१८ को गणना अनुसार चितवनमा ९३ वटा मात्रै बाघ थिए । बाघको सङ्ख्या बढे पनि ९५३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज र ७५० वर्ग मिटर फैलिएको मध्यवर्ती क्षेत्रको वन क्षेत्र भने बढ्न सकेको छैन । एक अध्ययन अनुसार बाघको पोथीले १५ देखि ४० वर्ग किलोमिटर र भालेले २५ देखि ६० वर्ग किलोमिटर आफ्नो कार्यक्षेत्र बनाउने गर्दछ । आफ्नो कार्यक्षेत्रमा अन्य बाघ आए उनीहरू एकआपसमा जुध्ने गर्छन् ।

लामिछानेका अनुसार एक बघिनीले एक पटकमा चार वटासम्म बच्चा जन्माउने गर्छन् । उहाँले भन्नुभयो, “सय दिन बाघको गर्भधारण गर्ने समय हो । यसरी जन्मिएको बाघ करिब तीन वर्षमा आमा छाडेर आफ्नो बासस्थान खोज्न थाल्छ । हुर्कंदो बाघले आफ्नो ठाउँ खोज्दा पनि आपसमा जुध्ने गर्दछन् । अहिले निकुञ्जमा झाडी भएको र खुला ठाउँ सीमित मात्रै रहेकाले आहाराजन्य जनावर त्यहीँ हुँदा बाघको पनि आहाराको खोजीमा जम्काभेट हुँदा पनि आक्रमण बढेको हुन सक्ने डा. लामिछानेको भनाइ छ ।

उहाँले भन्नुभयो, “झाडी बढेका कारण खुला ठाउँ थोरै र सीमित क्षेत्रमा गएर आहाराजन्य जनावर रहने र आहारा पन्छाउँदै जाँदा बाघको जम्काभेट भएर द्वन्द्व बढेको हुनु पर्छ ।” वसन्त पराजुली ,गोरखापत्र

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन
एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा
आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल
सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • २.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ३.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ४.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ५.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ८.
    सकियो अर्णव चक्रवातको असर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.