हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रवार नेपालीहरु महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउने गर्दछन् । जसका लागि महादेव पशुपतिनाथको मन्दिरमा तयारी अन्तिम चरणमा पुगेको क्षेत्र विकास कोसले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले तिजका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दन प्रसादको व्यवस्था, दर्शन मागको व्यवस्थापन अन्तिम चरणमा पुगेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ ।
उहाँले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको बताउनु भयो।
त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
पशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइएको छ। पशुपतिनाथको दर्शन गरेर फर्कंदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा चनकाली, गौशाला, जयबागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइने छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेश्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइने छ ।


