वैशाख १२ ,चितवन । चर्चित सामाजिक अभियान्ता अर्जुन भुषालले माडी नगरपालिकाको प्रमुख मा उम्मेद्वारी दिने भएका छन् । माडी नगरपालिकाको मेयरमा आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिन लागेको भुषालले बताए ।उनले फेसबुक मार्फत मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
माडी नगरपालिका–४ का स्थायी बासिन्दा भुषाल सामाजिक कार्य गरेर देशभर चर्चा कमाएका सामाजिक व्यक्ति हुन् ।विभिन्न संघसंस्थामा आबद्ध भएर उनले सामाजिक काम गर्दै आइरहेका छन् । उनले गरिब तथा विपन्नको उद्धार र राहत वितरणमा उल्लेख्य योगदान पु¥याएका छन् ।
युवाहरु पनि अब राजनीतिमा आएर नेतृत्व लिनुपर्ने उनको भनाइ छ । माडी आफ्नो प्यारो भूमि भएकाले यही स्थानबाट मेयरमा उठ्न लागेको उनले बताए । भुषालले आफूलाई जिताएर नगरपालिकाको नेतृत्व एक स्वतन्त्र युवाको हातमा सुम्पन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया


