• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ९. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • १०. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

सडकको डिल भासिएर खसेको थियो झ्याप्ले खोलाको पहिरो

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित

धादिङ- ‘पहिरो’को पर्यायवाची नाम जस्तै बनेको छ ‘झ्याप्ले खोला’ । नौबिसे नागढुङ्गा हुँदै यात्रा गर्ने पूर्वपश्चिमका यात्रुबीच पनि यो नाम चर्चित छ ।हाल पहिरो गएको भन्दा केही मिटर पर एउटा खोल्सा छ । त्यहाँ एक धारोबाट पानी बग्छ । बिहीबार राति पहिरो खसेको अघिल्लो र पछिल्लो भित्ताबाट हरेक बर्खामा पहिरो गइरहन्थ्यो । सबैले ‘झ्याप्ले खालाको पहिरो !’ अथवा ‘झ्याप्ले खोलाको जाम !’ भन्थे । चालकले पनि त्रासैत्रासमा सवारी हुँइक्याउँथे ।

यो पटक भने झ्याप्ले खोलाको पहिरोले ठूलो रुप लियो । माथिल्लो सडकको डिल भासिएर तल्लो सडकमा थुप्रिन पुग्यो । माथिल्लो सडक भन्नाले नौबिसे नागढुङ्गा सडक कै सिरान हो । जुन स्थान नागढुङ्गाबाट थारै तल पर्छ । त्यो स्थान पनि भौगोलिक रुपले कमजोर छ । सडक विस्तारको क्रममा छेउकुना भत्काइएको छ । छेउपट्टि ग्याबिन जाली र मेसिनरी वाल लगाइँदै छ । कुनापट्टि भित्ता खारिएको छ । त्यहि भित्ता खारेर माटो फालिएकै डिलबाट सुरु भएको पहिरो बगेर तल्लो सडकसम्म पुगेको हो ।

तल्लो सडक र माथिल्लो सडकबीचको ठाडो दुरी ‘गुगल अर्थ’ले दिएको मापनअनुसार एक सय ८० मिटर छ । ढिस्को भासिएर जङ्गल मढार्दै झरेको पहिरो सडकमा गुडिरहेका सवारीमाथि बजारिन पुगेको हो ।

घटनास्थल पुगेर फर्कनुभएका धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे भन्नुहुन्छ, “माथिल्लो सडकको डिलबाट नै पहिरो झरेको देखिन्छ र ढुङ्गा गुडिरहेकै सवारीमाथि पहिरो खसेको अनुमान लगाउन सकिन्छ । किनकी पहिरोमा पुरिएका सवारीबाट कोही पनि निस्किएर बाँचेको भेटिएन ।”

ढुङ्गामुढासहित डाँडै भासिएर खसेको लेदो तल्लो सडकमा करिब १० फिटभन्दा बढी उचाइमा थुप्रियो । पहिरोले सवारी पुरिएको पत्ता लगाउनै मुस्किल पर्‍यो । ढुङ्गामुढा र लेदोसहितको पहिरोले लु १ ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर भ्यान)लाई सडकमै पुरेको र ना ४ ख २२७० नम्बरको बस र बा २ ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस)लाई सडकबाट तल खसालेर पुरेको अवस्थाबाट निकालिएको उद्धारमा संलग्न धुनिबेसी नगरपालिका–९ का वडा सदस्य विक्रम जंग रानाले बताउनुभयो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलभन्दा अगाडि काठमाडौँतर्फ बिहीबार बेलुका सानो पहिरो झ¥यो । त्यही पहिरोले गर्दा गाडी जाम लाग्यो । अहिले दुर्घटना भएको स्थान अरुभन्दा फराकिलो ठाउँ भएकोले धेरै सवारी त्यहीँ रोकिराखिएका थिए । जहाँ धेरै सवारी रोकिएको थियो । त्यही ठाउँमा सडक माथिबाट गेग्रानसहितको लेदो खसेको सडक छेउमा पसल गर्दै आउनुभएकी कमला ढकालले सुनाउनुभयो । सवारीको जाम लागिरहेकै देखेर सुतेको र बिहान करिब ०४ बजे ब्यूँझिदा पहिरोले गाडी पुरिएको देखेको उहाँको भनाइ छ ।

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट सोमबार साँझसम्म ३५ जनाको शव निकालिएको छ । जसमध्ये पुरुष २५, महिला नौ र एक बालक छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बसका १३, गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसका आठ र बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसका १४ यात्रु रहेको प्रहरीले जनाएको छ ।

तर सबैको सनाखत नसकिएकोले कुन सवारीमा को थिए भन्ने प्रहरीले यकिन गर्न सकिएको छैन । सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टमपछि सनाखत गरेर उनीहरूको शव आफन्तलाई बुझाउने तयारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्काभेटर प्रयोग गरेर सोमबार पुनःउद्धार जारी राख्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

पहिरोले सवारी पुरिएको स्थान काठमाडौँको कलङ्कीबाट १५ किलोमिटर दुरीमा पर्छ । यो क्षेत्रमा विसं २०५५ र २०५९ मा समेत पहिरो गएर धनजनको क्षति भएको थियो ।

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा
जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु
फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ
‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने
डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ३.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ४.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

  • ५.
    ‘पाँच पाण्डव’ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६.
    डा. मनोजकुमार केसी नयाँ प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकार

  • ७.
    ‘म पूर्ण भीम होइन, पाण्डवको एउटा अंश मात्र हुँ’ : जितु नेपाल

  • ८.
    च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.