• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

चालक अनुमतिपत्रमा नयाँ प्रस्ताव : पछाडि बस्नेलाई हेल्मेट अनिवार्य

  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १७
सडक यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउन भन्दै सरकारले दण्ड सजायको वृद्धि गरी नयाँ ऐनको मसौदा निर्माण गरेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउने उमेर र जरिबानामा वृद्धि गरिएको छ भने मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा सडक सुरक्षाका नयाँ व्यवस्था राखी विधेयक मसौदा तयार गरेको हो । मन्त्रालयले विधेयक आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

मोटरसाइकल वा स्कुटरको पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था छ । जुन पहिला पनि यस्तो अभ्यास भएको थियो तर कार्यान्वयन हुन सकेन । मन्त्रालयका सचिव केशवकुमार शर्माले भन्नुभयो, “जरिबानाहरू कडाइका साथ मसौदामा राखिएको छ । पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने व्यवस्था नयाँ होइन, पहिला पनि थियो । कार्यान्वयनमा चुनौती छ तर सुरक्षा प्रमुख कुरा हो । हामी यसका लागि सचेतना बढाउँछौँ ।”

मोटरसाइकलका अधिकांश दुर्घटना हेर्दा पछाडिको यात्रुलाई बढी जोखिम देखिएकाले पनि यस्तो व्यवस्था गरिएको सचिव शर्माको भनाइ छ । प्रस्तावित विधेयक मसौदा अनुसार व्यावसायिक लाइसेन्स प्राप्त गर्न कम्तीमा ८ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । ठुलो सवारीचालक लाइसेन्स प्राप्त गर्न २१ वर्ष उमेर हुनुपर्ने प्रावधानलाई बढाएर २३ वर्ष तोकिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्थालाई पनि २१ वर्ष तोकिएको छ । त्यस्तै मोटरसाइकल तथा दुईपाङ्ग्रेको लाइसेन्स लिन १६ वर्ष बढाएर १८ वर्ष पु-याइएको छ । सवारीसाधन चलाउँदा बालबालिकालाई चालकभन्दा अगाडि राख्न नपाइने व्यवस्था प्रस्तावित मसौदामा छ ।

जरिबानालाई पनि दोब्बर वृद्धि गरिएको छ । सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित नम्बर प्लेट नराखी चलाएमा १० देखि ३० हजार रुपियाँसम्म वा छ महिना कैदका साथै सवारी जफत गर्नेसम्मको व्यवस्था राखिएको छ । हाल उक्त कसुरमा पाँचदेखि १५ हजार रुपियाँ वा छ महिना कैद सजायसँगै सवारी जफत गर्ने व्यवस्था थियो ।

सवारीसाधन दर्ता नगरी चलाएको पाइएमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रेका लागि पाँच हजार रुपियाँ, साना र मझौला सवारीको हकमा १५ हजार र ठुलालाई ५० हजार रुपियाँ जरिबाना लगाउने व्यवस्था मसौदामा छ । दर्ता गरेकोभन्दा अन्य प्रयोजनमा प्रयोग गरी चलाइएको पाइएमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीलाई दुई हजार रुपियाँ, मझौलालाई तीन हजार र ठुलालाई पाँच हजार रुपियाँ जरिबाना गरिने छ ।

कुनै इजाजत प्राप्त नगरी सवारी चलाएमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीलाई ५० हजार, मझौला सवारीलाई एक लाख र ठुला सवारीलाई दुई लाख रुपियाँ जरिबाना गर्ने व्यवस्था राखिएको छ । लाइसेन्सबिना सवारी चलाएमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रेको हकमा दुई हजार रुपियाँ, साना तथा मझौला सवारी चलाएमा पाँच हजार रुपियाँ र ठुला सवारीका लागि १० हजार रुपियाँ जरिबाना लाग्ने व्यवस्था छ ।

साथै रुटको अनुमति नलिई सवारी चलाएमा १० हजार जरिबानाको व्यवस्था मसौदामा उल्लेख छ । जाँचपास नगराई सवारी चलाएमा दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीका लागि पाँच हजार, साना तथा मझौला सवारीलाई १० हजार रुपियाँ र ठुला सवारीलाई १५ हजार रुपियाँ जरिबाना लगाउने व्यवस्थाको प्रस्ताव मसौदामा गरिएको छ । गोरखपत्रबाट साभर

शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल
चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित
कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान

  • २.
    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

  • ३.
    कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

  • ४.
    आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल

  • ५.
    चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित

  • ६.
    कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

  • ७.
    ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

  • ८.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.