काठमाडौं ,चैत्र २२
बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ।उनले ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्।
देशभक्तिपूर्ण फिल्मका लागि चिनिने मनोज कुमारको वास्तविक नाम हरिकृष्ण गोस्वामी हो। सन् १९३७ मा एबटाबाद (हाल पाकिस्तान) मा जन्मिएका उनले उपकार, शहीद, क्रान्ति, पूर्व और पश्चिम, रोटी कपडा और मकान जस्ता कालजयी फिल्म दिएका थिए।
मनोज कुमारले सात वटा फिल्मफेयर अवार्ड प्राप्त गरेका छन्। पहिलो फिल्मफेयर अवार्ड १९६८ मा फिल्म उपकारको लागि प्राप्त भएको थियो।उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गर्दै मनोज कुमारको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।फिल्म निर्माता अशोक पण्डितले उनलाई “सम्पूर्ण चलचित्र उद्योगको लागि अपूरणीय क्षति” भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।


