• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङ कब्जा

  •   सोमबार, चैत २५, २०८१ मा प्रकाशित

काठमाडौं ,चैत्र २५
नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ ।

‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्रको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् ।

टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका चलचित्रका ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन् ।

प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने ‘कर्मा’ ले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ । ट्रेलर र गीतहरूमाथि दर्शकले दिएका प्रतिक्रियाहरू हेर्दा ‘कर्मा’ले हलसम्म दर्शक तान्ने सम्भावना बलियो देखिन्छ ।

लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको यस चलचित्रमा समावेश ‘पागल’ बोलको गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । गायक केसीकै शब्द तथा संगीत रहेको यो गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ ।

सोमवार सार्वजनिक गरिएको ‘पागल’ गीत युट्युबमा १३ लाख २२ हजार पटक हेरिएको छ । चलचित्रका लागि पहिलो पटक गीत गाएका सुशान्तको यस गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । गीत राम्रो लागेको भन्दै दर्शकले हलमा ‘कर्मा’ हेर्न जाने बताइरहेका छन् ।

त्यस्तै, गत बिहीबार सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ । नेपालसहति विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म ९ लाख ९६ हजार पटक हेरिएको छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन् ।

यसैबीच, अहिले सर्वाधिक चर्चामा रहेका गायक दुर्गेश थापाले गाएको ‘कर्मा’ बोलको टाइटल गीत युट्युब ट्रेन्डिङमा ट्रेन्ड गरिरहेको छ ।

आइतवार साझ सार्वजनिक गरिएको टाइटल गीत सार्वजनिक भएको पाँच घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको । हाल यो टाइटल गीत म्युजिक सेक्सन अन्तर्गत १४ नम्बर ट्रेन्डिङमा छ ।

दुर्गेश स्वयंको शब्द तथा संगीत रहेको असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको यस गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।

यसअघि सार्वजनिक भएको ट्रेलर र सुशान्तले गाएको गीतले दर्शक माझ राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप निर्माण गरेको छ ।दुर्गेशले गाएको टाइटल गीत अहिलेसम्म ३ लाख १० हजार भन्दा बढी दर्शकले हेरेका छन् र भ्यूजको संख्यामा समेत गति बढिरहेको छ ।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ । यो सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ ।

वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

सोमबार, चैत २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.