• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

चलचित्रका लागि फलदायी वर्ष

  •   आइतबार, चैत ३१, २०८१ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रका लागि विक्रम संवत् २०८१ फलदायी रह्यो । व्यापारिक दृष्टिकोणले यस वर्ष प्रदर्शनमा आएका केही चलचित्रले ऐतिहासिक कमाइ गरेका छन् भने केही चलचित्रले पानीसमेत पिउन पाएनन् । यस वर्ष नेपाली चलचित्रमा प्रचार गर्ने माध्यम बढे, कलाकारको पारिश्रमिक बढ्यो तर केही चलचित्रलाई छोडेर हेर्ने हो भने हलसम्म पुग्ने दर्शकको सङ्ख्या जहाँको त्यहीँ रहेको पाइयो ।

यस वर्ष निर्माताहरू कथावस्तुप्रति सचेत भएकै कारण चलचित्रको बजार वृद्धि भएको चलचित्रकर्मीको भनाइ छ । चलचित्र सफल हुनुमा ‘स्टारकास्ट’ मात्र नभई, कथावस्तु र प्रस्तुतीकरण पनि बलियो बनेको थियो । नेपाली बक्स अफिसमा यस वर्ष दयाहाङ राई, अनमोल केसी, विपिन कार्की, प्रियङ्का कार्की, आँचल शर्माको ‘जादु’ खासै चल्न सकेन । बरु विजय बराल, निश्चल बस्नेत, दीपकराज गिरी, जितु नेपाल, स्वस्तिमा खड्का, मिरुना मगर अभिनीत चलचित्रले सफलताको झन्डा गाडे । पूर्णबहादुरको सारङ्गी र १२ गाउँ मात्र होइन बोक्सीको घर, मनसरा, छक्का पन्जा–५ र पुजार सार्कीले दर्शकको मन मात्र जितेनन्, कमाइका दृष्टिले पनि अब्बल साबित भए । यसमध्ये पूर्णबहादुरको सारङ्गीले अहिलेसम्मकै ऐतिहासिक कमाइ ग¥यो । नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार यस चलचित्रले ४६ करोड ८० लाख रुपियाँ कमाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार यस वर्ष १४२ वटा चलचित्र प्रदर्शनमा आए । जसमध्ये ६१ वटा नेपाली र ८५ वटा भारतीय चलचित्र छन् । त्यसमा नेपाली चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शनमा छन् । वर्षको सुरुमा प्रदर्शनमा आएको ‘बोक्सीको घर’ ले १० करोड दुई लाखको व्यापार गरेर राम्रो सुरुवात दिलाएको थियो । बलियो गीत–सङ्गीत र कथा यसको सफलताका कारण बन्यो । चलचित्रको गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ दर्शकद्वारा धेरै रुचाइयो । केकी अधिकारी अभिनीत यो चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नुभएको थियो ।

यस वर्ष सर्वाधिक कमाइ गर्नेमध्ये एक चलचित्र ‘१२ गाउँ’  ले १९ करोड ९२ लाख रुपियाँभन्दा बढी कमाइ गरेको छ । विराज भट्ट निर्देशित चलचित्रबाट उहाँको छोरा समीर भट्टले आशालाग्दो सुरुवात गर्नुभएको छ । त्यस्तै चलचित्र हलमा प्रदर्शन भइरहेको चलचित्र एन्जिलाले हालसम्म १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको बताइएको छ । त्यस्तै ‘छक्का पन्जा–५’ ले पाँच करोड २० लाख रुपियाँ ‘पुजार सार्की’ ले सात करोड ३७ लाख, ‘घरज्वाइँ’ ले पाँच करोड नौ लाख, ‘मनसरा’ ले चार करोड ७८ लाख कमाइ गरेको बोर्डले जनाएको छ ।

क्युएफएक्स सिनेमाजका प्रबन्ध निर्देशक भाष्कर ढुङ्गाना अनुसार पूर्णबहादुरको सारङ्गीले उल्लेखनीय दर्शक ताने पनि अन्य चलचित्रले भने सोही अनुरूपको दर्शक तान्न सकेनन् । चलचित्र लुटपछि नेपाली चलचित्रमा नयाँ ‘ट्रेन्ड’ आएको उहाँ स्वीकार्नुहुन्छ । उहाँका अनुसार लुटपछि चलचित्र कबड्डी बन्यो र त्यसपछि छक्का पन्जाको सिरिज सुरु भयो । अहिले सामाजिक कथावस्तुमा चलचित्र बन्न थालेका छन् । शृङ्खलाबद्ध रूपमा आएको चलचित्र ‘छक्का पन्जा’ को व्यापार भने अघिल्लाको तुलनामा केही घटेको उहाँको भनाइ थियो । सो हुनुका कारण अन्य चलचित्रको त्यही समयमा प्रदर्शन हुनाले पनि हो ।

कलाकार विजय बरालका लागि यो वर्ष सफल साबित भयो । सङ्ख्यात्मक हिसाबले उहाँ अभिनीत चलचित्र धेरै नभए पनि उहाँलाई यो वर्ष धेरै फापेको देखिन्छ । उहाँ भन्नुहुन्छ, “चलचित्रमा धेरै थोरै भन्ने हुँदैन । राम्रो काम गर्दै जाने हो ।” अहिले चलचित्रको स्व्रिmप्ट हेरेर र छानेर मात्र चलचित्र साइन गर्न थालेको उहाँले बताउनुभयो । नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन भएका कारण यस वर्ष चलचित्रका लागि राम्रो वर्ष रहेको उहाँको ठम्याइ छ । निम्नवर्गीय परिवारको कथामा आधारित चलचित्र ‘सानो संसार’ ले चलचित्र समीक्षकबाट राम्रो चर्चा बटुले पनि सोचे अनुसारको कमाइ गर्न सकेन । २०८१ मा चलचित्र ‘११ः५५’ मार्फत सागर खनाल, चलचित्र ‘फर्की–फर्की’ मार्फत रवि काफ्ले र समृद्धि अर्याल, चलचित्र होस्टेल–३ मार्फत रायन गिरी, पदम तामाङलगायतले चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो ।

यस वर्ष पारिवारिक मात्र होइन, प्रेमविछोड, हास्यप्रधान र दलित समुदायको घटनामा बनेका चलचित्रले पनि दर्शकको मन जिते । यद्यपि सबै चलचित्रले सोचेजस्तो व्यापार गर्न सकेनन् । फितलो कथावस्तु, कमजोर निर्देशन, सङ्गीत र अभिनय रहेका चलचित्रले दर्शकलाई तान्न सकेनन् । यीमध्ये बढी प्रचार गरिएको वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँसाब’ ले सोचे अनुसार व्यापार गर्न सकेन ।

चलचित्र ‘ज्वाइँसाब र ‘कार्साङ’ मा अभिनय गर्नुभएका कलाकार जितु नेपालको भनाइ केही भिन्न छ । उहाँको अनुसार पूर्णबहादुरले गर्दा अहिले दर्शकलाई हलमा जाने बानी पारेको छ । कुनै बेला नेपाली चलचित्र हेर्ने र ! भनेर नाक खुम्च्याउने पनि थिए तर अहिले समय फेरिएको छ । नयाँ पुस्ता चलचित्र निर्माणमा आएपछि बिस्तारै चलचित्रको बजार फर्किन थालेको छ । बक्स अफिसको मुख्य चुनौती भनेको भारतीय ‘वेब सिरिज’ हुन् । सिरिज निर्माण गर्न सहज र दर्शकको उत्साहजनकसाथ पाइदा चलचित्रको व्यापारलाई प्रभाव पारेको छ ।

आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.