काठमाडौं ,बैशाख ०१
चलचित्र ‘जारी २’को औपचारिक निर्माणको घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको अभिनय रहने छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहने चलचित्र ‘जारी २’ दशैंमा रिलिज हुने निर्माता रामबाबु गुरुङले जानकारी दिएका छन् ।चलचित्रको छायांकन बैशाख तेस्रो सातादेखि पाँचथरमा हुने तयारीमा रहेको छ । ‘जारी २’पछि बाँसुरी फिल्म्स ‘कबड्डी ५’को निर्माणमा जुट्ने जनाइएको छ ।
तपाईको प्रतिक्रिया


