काठमाडौं ,बैशाख ०३
मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ ले नेपाली बक्सअफिसमा सुखद कमाइ गरेको छ । चलचित्रले प्रदर्शनको चौंथो दिन सम्म १ करोड ८६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
चलचित्रले नयाँवर्षको दिन सोमबार देशब्यापी राम्रो कमाइ गर्यो । प्रदर्शनको सुरुवाती २ दिनमा फिल्मको कमाइ झण्डै करोड हाराहारीमा थियो । नयाँवर्षको विदाले कमाइमा वृद्धि भएको देखिन्छ ।
करिब ५ करोडको लगानीमा निर्माण भएको चलचित्र ‘पिताम्बर’ लगानी उठाउन भने ११ करोड माथिको व्यापार गर्न पर्छ तर चलचित्रको सकारात्मक प्रतिक्रियाको कारणले आउँदो साता पनि राम्रै कमाइ गर्न सक्ने देखिन्छ । दर्शकले चलचित्रको एक्शन र कथा मन पराएका छन् भने हेर्ने जातिले चलचित्रको खुलेर तारिफ गरेका छन् ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन रहेको छ । चलचित्र मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आदिको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ ।


