• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

हेल्लो काँशीरामबाट चलचित्रमा डेब्यु गर्दै फुलन्देकी आमा

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख ०५ – पछिल्लो पुस्ताका लोकप्रिय हाँस्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अव ठुलो पर्दामा फड्को मार्दैछन् । साना पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो चलचित्र ‘हेल्लो काँशीराम’ मार्फत आगामी जेठ २ गते देशभरका हलहरूमा देखिँदैछन् । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै उनमा उत्साह देखिएको छ ।

चलचित्रको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा निकै रमाइलो अनुभव रहेको बताए । सुटिङ कहिले सकियो पत्तो भएन । तर, डेब्यु चलचित्र भएका ले छायांकनका क्षणहरु मेरा लागि सधैभरी महत्वपुर्ण र यादगार हुनेछन्, उनी भन्छन् ।

उनले यस चलचित्रमा आफुलाई दर्शकले भिन्न अवतारमा, भिन्न कथामा देख्न सक्ने बताए । उमेशले अभिनेता दिलिप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए । ‘दिलिप दाइ सोचेभन्दा झन् रमाइलो हुनुहुँदोरहेछ । त्यत्तिकै सफल कलाकार भइन्छ भन्ने कुरा उहाँलाई नियाल्दा प्रष्ट महसुस भयो’, उनले भने, – ‘ठुलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ ।’ नाम नै ठुलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु, उनले थपे । साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा यस फिल्मबाट सिकेको उनको अनुभव छ । राईले छिट्टै नयाँ चलचित्रमा काम गर्न लागेको बताएका छन् । तर, कुन फिल्म भन्ने कुरा खुलाएनन् । यद्यपी उक्त चलचित्रमा विशेष रोलका लागि साइन गरिसकेको उनले बताए ।


प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माको खुलेर प्रशंसा गर्दै उमेशले देख्दा सामान्य लाग्ने तर क्षमतावान् निर्देशकको रुपमा व्याख्या गरे । चलचित्रको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ । म यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु ।’

यस चलचित्रको केहि हप्ताअघि केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरी रिलिजका लागि तयारी अवस्थामा छ । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह अझ बढेको थियो भने केहि दिनअघि सार्वजनिक टिजरले दर्शकमा जिज्ञासा वढाएको छ । केहि हप्तामा चलचत्रिको गीत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हाँस्य र व्यंग्यको अनौठो मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।

रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको चलचित्रको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ । चलचत्रिलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन् ।

यस चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ । त्यस्तै प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ । चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ ।

शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.