काठमाडौं , पौष १६
मधुसुदन भट्टराईको निर्देशनमा बनेको नेपाली फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक तथा खुसी मुडमा प्रस्तुत गरिएको छ। तीनै जना आकाशतर्फ हेर्दै हर्षित देखिएका छन् भने छेउमै एउटा भाले उडिरहेको दृश्य पनि समावेश छ। पोस्टरले कुनै महत्वपूर्ण सफलता प्राप्त गरेपछि देखिने खुसीको क्षणलाई संकेत गरेको अनुमान गर्न सकिन्छ।
निर्देशक भट्टराईकै कथामा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँई, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन के.सी., रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्टस् प्रा.लि. को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। विशेष सहयोगीका रूपमा शम्भु कुमार के.सी. रहेका छन्।
फिल्मका प्रस्तुतकर्ता साजित महत हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने छायांकन शिव ढकालले गरेका हुन्। सम्पादन बनिश शाह, संगीत साप शक्ति र बाबुल गिरी, नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जन, ध्वनि मिश्रण मुकेश शाह र रंग संयोजन रेनिश फागोले गरेका छन्।
कला निर्देशन दिनेश लामा ‘गैंडा’, ग्राफिक्स एक्स समिर मिया, निर्माण नियन्त्रण **सन्देश राई (भान्जा)**ले गरेका छन्। पोस्ट–प्रोडक्सनको काम मोशन स्टुडियोले गरेको हो। सहायक सम्पादक क्यामोदिन मिया, श्रृंगार अशोक रोक्का, पाश्र्वसंगीत सम्राट थापा र द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ।
फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्। प्रचार सामग्री आइडियल डिजाइनर्सले तयार पारेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रा.लि. ले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।


