• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

लाइसेन्स छपाइ तीव्र

  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

काठमाडौँ, चैत २७ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारिएको छ । दुई/तीन वर्षदेखि छाप्न बाँकी रहेका लाइसेन्स दैनिक पाँच/छ हजार छापिँदै आएकोमा हाल झन्डै ४० हजार प्रतिसम्म छापिन थालेको छ । सुरक्षण मुद्रण केन्द्रले दुई सिफ्टमा छपाइ सुरु गरेको छ ।

बिहान ७ देखि ३ र ३ देखि बिहान १ बजेसम्म गरी दुई सिफ्टमा छपाइ सुरु भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल दैनिक झन्डै ४० हजार प्रति ‘लाइसेन्स’ छपाइ भइरहेको छ । दुई सिफ्टमा छाप्ने काम भएको छ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध हटाउन र नतिजामुखी शासकीय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनासँगै लाइसेन्सको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ तीव्र पारिएको हो ।

यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रले छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था सुरु गरिएको छ । छाप्न बाँकी रहेका २९ लाख प्रति लाइसेन्स २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने सञ्चार मन्त्रालयको लक्ष्य अनुसार केन्द्र र विभागले काम अघि बढाएका छन् ।

निर्देशक ढुङ्गानाले भन्नुभयो, “आगामी असार मसान्तसम्म २९ लाख लाइसेन्स छपाइ गरिसक्छौँ । त्यसका लागि १२ लाख प्रति छपाइ कार्ड आएको छ । थप १७ लाख कार्ड ल्याउन विभागसँग यही हप्ता सम्झौता हुँदै छ । उक्त कार्ड आउँदै गर्छ, छपाइ निरन्तर हुन्छ ।” उहाँका अनुसार आगामी वैशाख १२ गतेसम्म १२ लाख लाइसेन्स छपाइ सम्पन्न गरिने छ । मन्त्रीपरिषद्को चैत १३ गतेको निर्णय अनुसार मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाएको हो ।  विभागले दैनिक छपाइ भएका तथा वितरणयोग्य लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न सुरु गरेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो । सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्था वेबसाइटबाटै जानकारी लिन सक्छन् । छापिएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत देशका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको विभागले जनाएको छ । छपाइको तीव्रतासँगै वितरण प्रणालीलाई पनि व्यवस्थित गरिएको हुँदा सेवा प्रवाह सहज र छिटो हुन थालेको राईले बताउनुभयो ।

२०७२ सालमा लागु भएको स्मार्ट लाइसेन्स सुरुकै दिनदेखि छाप्न बाँकी रहँदै आएको थियो । सुरुका दिनमा दैनिक माग करिब पाँच हजार रहँदा दैनिक दुई हजार पाँच सयसम्म छाप्ने गरिएको थियो । जसले गर्दा क्रमशः छाप्न बाँकी लाइसेन्सको सङ्ख्या थपिँदै जाँदा हाल २९ लाख प्रति पुगेको हो । सेवाग्राहीले प्रिन्ट लाइसेन्स प्राप्त गर्न कम्तीमा तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

माग अनुसार छपाइ हुन नसक्दा तत्कालीन समस्या समाधानका लागि विगतमा कर तिरेको रसिदमै क्युआर कोड र फोटो राख्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुन सकेन । स्मार्ट लाइसेन्स प्रिन्टमा समस्या भएपछि सरकारले रसिदलाई नै लाइसेन्स मान्ने गरी वितरण गर्ने भनिए पनि लागु भएन ।

लाइसेन्सलाई नागरिक एपमा संलग्न गरी छुटटै कार्ड प्रिन्ट नगर्ने व्यवस्था लागु गरिएको थियो । तर यो पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग डाटा आदानप्रदानका लागि सम्झौता गरेको थियो । तर काम अघि बढ्न सकेन । सवारीचालक अनुपतिपत्रको परीक्षा लिने, सवारीसाधनबाट कर उठाउने जस्ता यातायातसम्बद्ध अधिकार प्रदेश सरकारलाई छ । २०७४ पछि यातायात व्यवस्था विभागमातहतका तत्कालीन यातायात कार्यालयहरू प्रदेशमातहत हस्तान्तरण भइसकेका छन् । लाइसेन्सका लागि आवेदन लिने, लिखित परीक्षा सञ्चालन गर्ने, बायोमेट्रिक लिने, प्रयोगात्मक परीक्षा चलाउने र राजस्व तथा शुल्क लिने सबै काम हाल प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट भइरहेको छ । तर लाइसेन्स छाप्ने काम भने कुनै प्रदेशबाट भइरहेको छैन ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित
कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी
‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो
कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित

  • २.
    कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

  • ३.
    ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

  • ४.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • ५.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ६.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ७.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ८.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.