• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

इलाम- फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो ।

केही वर्षअघि वैदेशिक रोजगारीमा रहनुभएका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ ।

विक्रम संवत् २०६७ मा वैदेशिक रोजगारीका लागि विदेश पुग्नुभएका उहाँ पाँच वर्षपछि २०७१ सालमा गाउँ फर्किनुभयो । “विदेशबाट फर्किएपछि के गर्ने भन्ने अन्योल थियो । गाउँमै केही गर्ने सोच त थियो, तर कुन व्यवसाय रोज्ने भन्ने स्पष्ट योजना थिएन,” उहाँले भन्नुभयो, “अन्ततः २०७२ सालबाट कुखुरापालन व्यवसाय सुरु गर्ने निर्णय गरेँ ।”

व्यवसाय सुरु गर्दा गाउँमा नियमित विद्युत् सुविधा थिएन । उहाँले ‘सोलार प्यानल’को सहारामा चल्ला पाल्ने प्रयास गर्नुभयो । तर, आवश्यक तापक्रम कायम गर्न नसक्दा समस्या आयो । केही क्षति पनि बेहोर्नुप¥यो । त्यसपछि चल्ला हुर्काएर बिक्री गर्ने कामबाट अनुभव बटुल्दै व्यवसायलाई विस्तार गरेको उहाँ बताउनुहुन्छ ।

हाल उहाँको फार्ममा करिब २०० वटा बिक्रीका तयारी कुखुरा र २५० वटा चल्ला छन् । जिउँदो कुखुरा प्रतिकिलो रु ४०० र काटेको मासु प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको छ । होलसेलमा प्रतिकिलो रु ३०० सम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । उत्पादन भएको कुखुरा मुख्यगरी पाँचथरको रवि र झापाको दमक बजारसम्म पुग्ने गरेको छ ।

“सुरुमा धेरै समस्या आए, तर हार मानिनँ,” घिमिरे भन्नुहुन्छ, “कुखुरापालनमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले छोटो समयमै आम्दानी देख्न सकिन्छ ।” व्यवसाय विस्तारसँगै केही समस्या अझै बाँकी छन् । लुम्दे क्षेत्र सदरमुकामबाट टाढा भएकाले चल्ला ल्याउन र उत्पादन बजारसम्म पु¥याउन ढुवानीको समस्या छ । यसले लागत बढाउने गरेको घिमिरेको अनुभव छ ।

उहाँको मेहनतलाई सरकारी सहयोगले थप बल दिएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई पालिका र दायित्व संस्थासँगको त्रिपक्षीय साझेदारीमा वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना सञ्चालन गरिरहेको छ ।

यस परियोजनामार्फत व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पु¥याएको छ । उक्त कार्यक्रमअन्तर्गत उहाँले व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री प्राप्त गर्नुभयो । अनुदानबाट फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न सकिएको छ । “कार्यक्रमले व्यवसायीहरूलाई एकापसमा भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर दियो,” उहाँ भन्नुहुन्छ, “व्यावसायिक योजना बनाउन सजिलो भयो । अहिले नयाँ भवन निर्माणको तयारी पनि भइरहेको छ । आर्थिक सहयोग पाएको छु ।”

घिमिरेको फार्मले परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने खोर सरसफाइ तथा अन्य काममा स्थानीय व्यक्तिहरूले पनि अवसर पाएका छन् । वार्षिक करिब रु आठ लाख आम्दानी गर्ने यो व्यवसायले गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिने उदाहरण दिइएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताउनुभयो । “सीमित स्रोत, यातायातको समस्या र प्रारम्भिक असफलतासँग जुध्दै उहाँले देखाएको लगनशीलताले गाउँमै उद्यम गर्न चाहने युवाका लागि प्रेरणादायी सन्देश दिएको छ,” अध्यक्ष खनालले भन्नुभयो, “उद्यम गर्न चाहने युवालाई प्रोत्साहनका कार्यक्रममा जोड्ने गरेका छौँ ।”

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.