काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित एक डेरामा आज बिहान एक पुरुष गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार घाइते ४५ वर्षीय अश्विन राउत हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवादपछि उनी भान्सामा गएको र त्यसक्रममा आगलागी भएको खुलेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।
घाइते राउतलाई तत्काल उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


