• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

पशुपतिनाथको सयौँ रोपनी जग्गा अलपत्र

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित

काठमाडौँ, असार २८ गते । पशुपति क्षेत्र विकास कोष अन्तर्गतको १८ हजार रोपनीभन्दा बढी जग्गामध्ये विभिन्न स्थानमा भूमाफियाको कब्जा र केही स्थानमा अलपत्र छ । कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरीसहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोगचलनमा रहेको देखिएको हो ।

समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणका लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ । जग्गा खोजीका लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोसमणि मठ, गोपीकृष्ण हलनजिकैको नौ रोपनी, बालाजुको नौ रोपनी, सिन्धुपाल्चोकको चार सय रोपनी र गोलढुङ्गाको १५० रोपनी जग्गालाई कोषमातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानुनी प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ । पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका संयोजक एवं कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाले कोषमातहतका तीन कार्यालय र गुठी संस्थान अन्तर्गत पशुपतिनाथसँग १८ हजार ३८२ रोपनी दुई आना दुई दाम रहेको छ ।

उहाँले भन्नुभयो, “आराध्यदेव भगवान् पशुपतिनाथको नाममा रहेका सयौँ रोपनी जग्गा अलपत्र छन् । संरक्षणका लागि प्रयास गरिएकै हो तर भूमाफियाको कब्जा र तत्कालीन राजनीतिक नेतृत्वको दबाबका कारण केही स्थानको जग्गा कोषमातहत ल्याइए पनि सबै क्षेत्रका सन्दर्भमा त्यो सम्भव भएन ।”

पूर्वसदस्यसचिव डा. थापाले कोषमातहतका तीन कार्यालयको जग्गामध्ये दर्ता प्रमाणित जग्गाको क्षेत्रफल तीन हजार ६६७ रोपनी चार आना तीन दाम रहेको बताउनुभयो । उहाँका अनुसार साबिक लगतको दर्ता प्रमाणित हुन बाँकी जग्गा २३१ रोपनी १० आना एक दाम रहेको छ । प्रतिवेदनमा एक हजार १६१ रोपनी १४ आना तीन दाम जग्गा ९९ वर्षका लागि सम्झौता गरी त्रिभुवन विमानस्थल र गल्फ कोर्सलाई भोग चलनमा दिएको छ । मोही तारागाउँ रिजेन्सी होटलले १७ रोपनी जग्गा भोग चलन गरिरहेको उल्लेख छ ।

पशुपति क्षेत्र विकास कोष, मालपोत विभाग, नापी विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमिसुधार मन्त्रालय, गुठी संस्थान र विज्ञसहितको ११ सदस्यीय अध्ययन समितिले २०७५ मा बृहत् अध्ययनपछि प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा २०५९ वैशाख १५ देखि २०७० जेठ ३० गतेसम्ममा पशुपति क्षेत्रभित्रसहित, तिलगङ्गास्थित बी–११, बी–१२, बी–१३ तथा भण्डारखाल, सिफल चौर, कैलाश, पशुपतिनाथ मन्दिर, गुह्येश्वरी मन्दिर, सत्तल, पाटी, शिवालय, मन्दिर, उद्यान, कोष कार्यालय, नदी, बगर, जङ्गलसहित सार्वजनिक क्षेत्रको एक हजार ५०५ रोपनी जग्गा अधिग्रहण गरिएको उल्लेख छ ।

पूर्वसदस्यसचिव डा. थापाले २०४६ मै सरकारले उपलब्ध गराएको गोठाटारस्थित बुट्यान पाखाको ५३४ रोपनी र गुठी संस्थानको वार्षिक प्रतिवेदन २०५६ मा उल्लिखित पशुपति क्षेत्रभित्रका गुठी संस्थानले असुलउपर गरी पशुपति क्षेत्रभित्र चलाउनुपर्ने महास्नानलगायतका विभिन्न गुठीको ११ हजार २६१ रोपनी रहेको बताउनुभयो ।

प्रतिवेदन अनुसार पशुपति क्षेत्रभित्रका मन्दिर, देवालय, शिवालय तथा विभिन्न गुठीको गुठी संस्थानले असुल तहसिल गरी सोही संस्थानले पूजाआजा गर्ने गरेको जग्गाको क्षेत्रफल पशुपति महास्नान पोता गुठी अन्तर्गत १० हजार १९ रोपनीभन्दा बढी रहेको देखिएको छ ।

प्रतिवेदनमा छानबिन क्रममा रहेका जग्गाका सन्दर्भमा कोषको अधिकतम हितमा प्रयोग हुनुपर्ने र श्रीपशुपतिनाथका पूजा, जात्रासँग सम्बन्धित जग्गामध्ये केही पूजा, जात्रा कोष अन्तर्गत श्रीपशुपतिनाथ भण्डार तहविल, श्रीपशुपतिनाथ अमालकोट कचहरी र श्रीजयवागीश्वरी भण्डार तहविल कार्यालयले विक्रम संवत् १८६७, १८७० र १९७४ को लालमोहर तथा सनद सवालमा उल्लेख भएबमोजिम पूजाआजा, गुठीगाना तथा जात्रापर्व चलाउने गरी आएको उल्लेख छ । उक्त जग्गाबाहेक श्रीपशुपतिनाथसँग सम्बन्धित पूजा, जात्रा, गुठी, खान्गीसमेतका जग्गाको आयस्ना तथा गुठी, पूजा, जात्रा आदिको कार्य गुठी संस्थानले गरी आएकाले श्रीपशुपतिनाथसँग सम्बन्धित सम्पूर्ण पूजा, जात्रा, गुठी, खान्गी आदिलाई एकद्वार प्रणालीद्वारा कार्य गर्न–गराउन उपयुक्त हुने रायसहित प्रतिवेदन दिइएको छ । साथै प्रतिवेदनमा पशुपति गौशाला धर्मशालाको कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गा पनि कोषमातहतमा ल्याउन सिफारिस गरिएको छ ।

अधिग्रहण गर्दा लापर्बाही पशुपति क्षेत्र विकास कोषको जग्गा संरक्षणका लागि निरन्तर आवाज उठ्दै आएको छ । सांस्कृतिक एवं ऐतिहासिक सम्पदा संरक्षणका लागि पनि कोषमातहतको जग्गा संरक्षण अनिवार्य छ । पूर्वसदस्य डा. थापाका अनुसार विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा गम्भीर लापर्बाही भएको पाइएको छ ।

उहाँले भन्नुभयो, “चार आना दिनुपर्ने मोही वा अधिग्रहण गरेको जग्गाधनीलाई दुई गुणा बढी जग्गा दिएर कोषलाई हानि पु¥याउने काम भएको पाइएको छ । त्यसैले कोषको देशभरिको जग्गा खोजी गर्ने कार्यसँगै मोही र अधिग्रहण गर्दा सट्टाभर्ना दिँदा भएको अनियमितता पुनः छानबिन हुनु पर्छ । प्रतिवेदनको सार यही हो ।”

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले पशुपतिनाथको जग्गाका सन्दर्भमा अध्ययन र छानबिनका लागि छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भर्खर आएको छु, मैले बाहिरबाट पशुपति देखेको छु । तर भित्रबाट पशुपति देखिसकेको छैन । त्यसकारण यो सबै प्रश्नको जवाफ म अहिले तत्कालै दिन सक्दिनँ । म छलफलकै क्रममा छु ।” त्यसै गरी गुठी संस्थान काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले पशुपतिनाथको जग्गा संरक्षण हुने प्रस्ट पार्नुभयो । उहाँले जग्गाका सन्दर्भमा अध्ययन पनि अघि बढाइएको बताउनुभयो ।

आइतबार, असार २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • २.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ३.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ४.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ५.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ६.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ७.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ८.
    फागुन २१ देखि प्रदर्शनमा आउने ‘शुभ विवाह’को धमाधम डबिङ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.