• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ८. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ९. एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • १०. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

कोरला नाकामा कर्मचारी थपिँदै, रसुवागढी बन्द भएपछि भन्सार र क्वारेन्टाइन सक्रिय

  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाअन्तर्गत लोमान्थाङ गाउँपालिका–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालय र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिने भएका छन्। रसुवाको भोटेकोशी बाढीका कारण रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा सक्रिय बनाउन कर्मचारी थप्न लागिएको हो।

भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा ६ जना कर्मचारी काजमा खटाउने तयारी गरेको छ। कार्यालय प्रमुख विदुर चुडालका अनुसार तीन जना अधिकृत र तीन जना नायब सुब्बास्तरका कर्मचारी पठाउने तयारी भएको हो।

“तीन–तीन जना अधिकृत र नायब सुब्बा खटाउने तयारी भइसकेको छ। लगातारको बिदाका कारण उहाँहरू आउन केही ढिलाइ भएको हो,” चुडालले भन्नुभयो, “कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रवाना लिएर कार्यस्थलमा आइपुग्नुहुन्छ।”

मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना मात्रै कार्यरत छन्। रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि दरबन्दीअनुसार कर्मचारी पदपूर्ति गरी कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो।

रसुवागढी–केरुङ र तातोपानी नाका सञ्चालनमा समस्या आएपछि कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। रसुवागढी नाकामा रोकिएका मालवस्तु कोरला नाकातर्फ पठाउन थालिएसँगै मुस्ताङ भन्सार र क्वारेन्टाइन कार्यालयलाई पनि सक्रिय बनाउन लागिएको हो।

भन्सार प्रमुख चुडालका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि लाग्ने अन्तर्देशीय अल्पकालीन हाटबजारका समयमा मात्रै भन्सार कार्यालय सीमित रूपमा सक्रिय हुन्थ्यो। विसं २०८२ भदौ ३१ गते कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालन गर्ने निर्णय भएपछि भन्सारमा जनशक्ति थप गर्न थालिएको उनले बताउनुभयो।

तर, थप कर्मचारी खटाउने तयारी भइरहे पनि आवास तथा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा चुनौती रहेको चुडालले बताउनुभयो।

यसैगरी, न्हेचुङस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा पनि कर्मचारी थपिएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले तीन जना कर्मचारी मुस्ताङ पठाएको छ।

क्वारेन्टाइन कार्यालयकी निमित्त प्रमुख एवं प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार तीन जना कर्मचारी जोमसोम आइपुगेका छन्। केन्द्रले एक जना वरिष्ठ बाली संरक्षण अधिकृत र एक जना कम्प्युटर अपरेटरसहित कर्मचारी काजमा पठाएको हो।

विसं २०६२/६३ मा स्थापना भएको क्वारेन्टाइन कार्यालयमा पाँच जनाको दरबन्दी रहे पनि हाल एक जना प्राविधिक सहायक मात्रै कार्यरत थिए। आवश्यक जनशक्ति र क्वारेन्टाइन परीक्षणका उपकरणको अभावका कारण कार्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो।

रसुवागढी–केरुङ नाका बन्द भएपछि त्यहाँबाट कोरला नाकातर्फ पठाइएका सयौँ कन्टेनरमा रहेका फलफूललगायत कृषि उपजको क्वारेन्टाइन परीक्षण गर्नुपर्ने भएपछि थप जनशक्ति पठाइएको हो।

भन्सार प्रमुख चुडालका अनुसार रसुवागढी नाका बन्द भएपछि कोरला नाकाबाट मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर आउन थालेका छन्। यससँगै भन्सार तथा क्वारेन्टाइन कार्यालयको कामसमेत बढेको छ।

कोरला नाकामा बढ्दो व्यापारिक गतिविधिलाई व्यवस्थित गर्न भन्सार र क्वारेन्टाइन कार्यालयमा जनशक्ति थपिएसँगै सेवा प्रवाह तथा मालवस्तु परीक्षण प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा
‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
सकियो अर्णव चक्रवातको असर
एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

भर्खरै

  • १.
    सरकारलाई जवाफदेही बनाउन कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ : गगन थापा

  • २.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ३.
    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

  • ४.
    सकियो अर्णव चक्रवातको असर

  • ५.
    एनपीएलमा विराटनगर किंग्सको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

  • ६.
    आज कार्तिक १५ गते आइतबारको तपाइको राशिफल

  • ७.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.