• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. फूलपाती बढाइँ समारोह–२०८३ टुँडिखेलमा सम्पन्न, राष्ट्रपति पौडेलको प्रमुख आतिथ्य

प्रम देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’

"अब सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो : देउवा "
  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

कात्तिक २१ , धनगढी । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार यहाँको भित्रीमधेशका दुई पालिकामा सम्बोधन गर्नुभयो ।

दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोधनपछि प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकाको जोगबुढामा अर्को चुनावी सभालाई सम्बोधन गर्नुभयो ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार समेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का नेता तथा डडेल्धुराबाट प्रदेशसभा १ का उम्मेदवार रहनुभएका खगराज भट्टलाई बनाउने बताउनुभयो ।

“मेरो पार्टीले पनि भने त भइहाल्यो नि ! यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो”, जोगबुढा सभामा बोल्दै देउवाले भन्नुभयो, “तपाईंहरू जिताएर पठाउनुस् ।” राष्ट्रिय राजनीतिदेखि डडेल्धुराका साथै सुदूरपश्चिमको विकासका विषयमा समेत बोल्दै देउवाले यहाँ गठबन्धनले जिते सुदूरपश्चिममा विकास धेरै हुने बताउनुभयो ।

परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीमा पक्की पुल बनाउन भारतीय प्रधानमन्त्रीसित कुराकानी गर्ने उहाँको भनाइ थियो । “त्यहाँ पुल बने भारत आवत जावतका साथै पूर्णागिरि दर्शनका लागि जान पनि सहज हुन्छ”, उहाँले भन्नुभयो, “यहाँको आलितालदेखि महाकालीसम्म रङ्गुन खोलाको नदी कटान नियन्त्रणका लागि ठूलो योजना अघि सारिने छ ।”

त्यसका साथै दैजी–जोगबुढा सडक, बुडर–जोगबुढा सडक कालोपत्रे, यहाँका खोलानालामा पुल निर्माणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लैजाने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बने मात्रै लोकतन्त्र र समावेशीतन्त्र हरण गर्न नसक्ने व्यवस्था हुने उहाँले बताउनुभयो । “ओलीजी (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) ले संविधान नै च्यात्न खोज्नुभयो, जथाभावी संसद् भङ्ग गर्नुभयो”, उहाँले भन्नुभयो, “अति भएपछि हामी मिलेर एकभएर अगाडि बढेका हौँ ।”

त्यसैगरी जोगबुढाको चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित भएको बताउनुभयो । आसन्न निर्वाचनमा सशक्त सरकार आएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने उहाँले स्पष्ट गर्नुभयो ।

“पश्चिम सेती परियोजना ट्र्याकमा आउनुका साथै कञ्चनपुरमा ठूलो नाका बन्दैछ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासको ढोका खुलिरहेको छ, त्यसको सुनिश्चितताका लागि गठबन्धनले जित्न जरुरी छ ।”

चुनावी सभामा प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले जनताको अधिकार खोस्ने प्रवृत्ति प्रतिपक्षी दलका नेताले देखाएपछि कांग्रेसलगायत ठूला दलका शीर्ष नेताहरू एकजुट भएको बताउनुभयो । डडेल्धुराको विकास, यहाँको दलित विपन्न समुदायको अवस्थामा सुधार ल्याउनुका साथै विभेद अन्त्यका लागि आफूहरू लामो समय सक्रिय रहेको उहाँको भनाइ थियो ।

सत्ता गठबन्धनबाट डडेल्धुराको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार माओवादी नेता खगराज भट्टले डडेल्धुराबासीका लागि सयौँ वर्षसम्म सम्झिन सक्ने खालका काम गर्ने हुटहुटी प्रधानमन्त्री देउवामा रहेको बताउनुभयो ।

आसन्न निर्वाचनमा भित्रीमधेशका नागरिकले आफूमाथि लगाएको गुन तिर्न ‘मालिक होइन नोकर’ भएर सेवा गर्ने अवसर दिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनपछि भित्रीमधेशको विकास र समृद्धिलाई उचाइमा पुर्‍याउन स्थानीय तहदेखि केन्द्रसम्म योजना ल्याइने उहाँको भनाइ छ ।

चार दिनसम्म गृहजिल्लाका विभिन्न पालिकामा चुनावीसभा सकेर प्रधानमन्त्री देउवा आइतबार साँझ धनगढी फर्किनुभएको छ ।

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.