मंसिर ५ ,काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए ।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।२९ वर्षीय योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् । मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७२३० मत खसेको थियो।
तपाईको प्रतिक्रिया



