मंसिर ६ , काठमाडौं । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।सिंहले ७ हजार १४० मत प्राप्त गर्दा मिश्र ७ हजार ११ मतमा रोकिएका हुन् ।
यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया


