पुस ५ ,काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ ।प्रज्ञा भवन कमलादीमा मंगलबार बसेको पहिलो संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई निर्विरोध चयन गरेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन हुनुभएको हो ।
२०७० सालमा तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाललाई दलको नेता हराउँदै निर्वाचित हुनुभएका अध्यक्ष ओली २०७४ मा भने सर्वसम्मत दलको नेता हुनुभएको थियो ।प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।
तपाईको प्रतिक्रिया


