• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन् २०२६ सुरु, नेपालमा पनि बढ्दो उत्साह

  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित

काठमाडौँ , पौष १७ — ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सम्वत् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले सुरुवात गरेको यस पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ। इस्वी सन् २०२६ को अवसरमा ग्रेगोरियन पात्रो मान्ने समुदायले आज एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन्।

ग्रेगोरियन पात्रो सौरमासका आधारमा निर्माण गरिएको मानिन्छ। यही कारणले यसलाई पूर्ण रूपमा वैज्ञानिक नभएको भन्ने आलोचना पनि हुने गरेको छ। आलोचकहरूका अनुसार सौरमास मात्रै आधार मानेर बनाइएको पात्रोले समयको सूक्ष्म गणनामा केही असन्तुलन ल्याउने तर्क गरिन्छ।

विभिन्न सम्वत् र पात्रोको अध्ययन तथा अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार, सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि चल्दै आएको विक्रम सम्वत् (वि.सं.) वैज्ञानिक दृष्टिले इस्वी सन् भन्दा सन्तुलित भए पनि विश्वव्यापी रूपमा भने इस्वी सन्‌को प्रभाव बढ्दै गएको छ। “विक्रम सम्वत् जति वैज्ञानिक नभए पनि हाल इस्वी सन् अन्तर्राष्ट्रिय व्यवहार, व्यापार, कूटनीति र प्रविधिमा अत्यधिक प्रयोगमा आएको छ,” डा. पन्त बताउनुहुन्छ।

वैज्ञानिक रूपमा हेर्दा एक वर्ष ३६५ दिन, ६ घण्टा, ४९ मिनेट र ६ सेकेन्डको हुन्छ। तर दिनभन्दा साना घण्टा, मिनेट र सेकेन्डका एकाइहरूलाई दैनिक प्रयोगमा समेट्न कठिन हुने भएकाले साधारण गणनामा उल्लेख गरिँदैन। यही असन्तुलनलाई व्यवस्थापन गर्न विक्रम सम्वत्को पात्रोमा प्रत्येक तीन वर्षमा अधिकामास थप्ने व्यवस्था गरिएको छ।

इस्वी सन्‌मा भने सो असन्तुलन मिलाउन ‘लिप इयर’ (Leap Year) को व्यवस्था गरिएको भए पनि यसबारे पश्चिमा देशहरूबीच नै पूर्ण मतैक्यता हुन नसकेको डा. पन्तको भनाइ छ। यसले ग्रेगोरियन पात्रोको वैज्ञानिकतामाथि बहस हुने गरेको छ।

यसैबीच, पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी युवापुस्तामाझ यसलाई उत्सवका रूपमा मनाउने प्रवृत्ति देखिएको छ। नयाँ वर्ष २०२६ को अवसरमा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने काठमाडौँको ठमेल, बौद्ध क्षेत्र तथा उपत्यकाबाहिरका पोखरा, सौराहा लगायतका पर्यटकीय स्थानहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधि आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

पर्यटन व्यवसायीहरूका अनुसार नयाँ वर्षको अवसरमा होटल, रेस्टुरेन्ट, क्लब तथा पर्यटकीय केन्द्रहरूमा चहलपहल बढेको छ। यसले पर्यटन व्यवसायलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसरी, वैज्ञानिक बहस र सांस्कृतिक फरकका बाबजुद पनि इस्वी सन् २०२६ लाई विश्वका धेरै देशहरूले नयाँ सुरुवात, आशा र उत्साहका साथ स्वागत गरेका छन्।

बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.