• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

भदौ १९ मा आउँदै ‘बाः एक योद्धा’, तर मुख्य पात्र अझै गोप्य

  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०२
आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाः एक योद्धा’ ले नेपाली समाजमा बुवाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र जिम्मेवारीलाई मुख्य कथावस्तु बनाएको छ। परिवारको भविष्य निर्माणका लागि जीवनभर लडिरहने बुवाको भूमिकालाई केन्द्रमा राखिएको यस चलचित्रले दर्शकमाझ चासो बढाइरहेको छ।

चलचित्रको छायांकन सम्पन्न भइसकेको छ भने पोस्ट–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण टिमले हालसम्म चलचित्रका केही कलाकारको नाम सार्वजनिक गरिसकेको छ। केही दिनअघि सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम सार्वजनिक गरिएको थियो भने यसअघि झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त कलाकारका रूपमा सार्वजनिक भइसकेका छन्।

यद्यपि चलचित्रको कथाको केन्द्रमा रहेको ‘बा’ अर्थात् मुख्य पात्र को हुन् भन्ने विषय भने निर्माण टिमले अझै गोप्य राखेको छ। यही रहस्यका कारण चलचित्रप्रति दर्शकको उत्सुकता झन् बढेको छ।

निर्देशक हरि लम्सालका अनुसार चलचित्रबारे थप जानकारी क्रमशः सार्वजनिक गरिनेछ। उनले चलचित्रको मुख्य पात्रबारे पनि उचित समयमा खुलासा गरिने बताएका छन्।

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको चलचित्रको कथा र रिलिज मिति एकअर्कासँग सान्दर्भिक रहेको निर्माण पक्षको भनाइ छ।

नेपाली संगीत क्षेत्रमा दर्जनौं लोकप्रिय गीत सिर्जना गरिसकेका हरि लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा तथा निर्देशन उनले स्वयं गरेका हुन्।

चलचित्रका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए। चलचित्रमा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रीब्युसनमार्फत आशिष एच तामाङ र प्रदीप धामीले देशव्यापी प्रदर्शन गर्नेछन्।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी
एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.