• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित

सोलुखुम्बु- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पुगेर विश्वलाई सुनाएको जलवायु सङ्कटको चेतावनी अहिले नेपालमा देखिएको विपद्का घटनाबीच पुनः विश्वमञ्चमा प्रतिध्वनित भएको छ ।

सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्नुभएका महासचिव गुटेरेसले तीव्रगतिमा पग्लिरहेका हिमनदी र बढ्दो जलवायु सङ्कटप्रति विश्वको ध्यानाकर्षण गराउँदै ‘विश्वको छाना खसिरहेको छ’, भन्ने शक्तिशाली सन्देश दिनुभएको थियो ।

उहाँले त्यसबेला नेपालले तीन दशकको अवधिमा आफ्नो करिब एकतिहाइ बरफ गुमाइसकेको र पछिल्लो दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको उल्लेख गर्नुभएको थियो ।

हिमालयका हिमनदीले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी उपलब्ध गराउने भएकाले त्यसको क्षयीकरण केवल हिमाली क्षेत्रको समस्या नभई विश्वव्यापी सङ्कट भएको उहाँको भनाइ थियो ।

तीन वर्षअघि सगरमाथाको काखबाट व्यक्त गरिएको उक्त चेतावनीलाई महासचिव गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा पुनः स्मरण गर्नुभएको छ । उहाँले त्यतिबेला आफूले दिएको चेतावनीप्रति विश्वले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउँदै जलवायु परिवर्तनको असर अपेक्षा गरिएभन्दा तीव्र रूपमा देखिइरहेको सन्देश दिनुभएको छ ।

गुटेरेसको उक्त चेतावनी सम्झँदै पर्यटनविद् आङछिरिङ शेर्पा भन्नुहुन्छ, “महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा आउनुभएको थियो । त्यस अवसरमा सगरमाथाको अगाडि रहेको एभरेस्ट भ्यु होटलमा उहाँलाई हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन, तीव्रगतिमा पग्लिरहेका हिमनदी, बढ्दो हिमताल, हिमपहिरो तथा हिमाली समुदाय र पर्वतीय पर्यटनमा परेको प्रभावबारे प्रत्यक्ष रूपमा ब्रिफिङ गर्ने अवसर मैले पाएको थिएँ ।”

उक्त भेटमा हिमाली क्षेत्रमा देखिएको परिवर्तन नेपाल वा हिमाली मुलुकको मात्र समस्या नभई सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको विश्वव्यापी सङ्कट भएको सन्देश विश्वसामु पुर्याउने प्रयास गरिएको शेर्पाले बताउनुभयो । “आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालबाट व्यक्त गर्नुभएको त्यही चेतावनी र सन्देश स्मरण गर्दा ३० अक्टोबर २०२३ को त्यो क्षण फेरि आँखा अगाडि झल्झली आउँछ”, उहाँले भन्नुभयो ।

त्यतिबेला सगरमाथा क्षेत्रबाट गुटेरेसले ‘विश्वको छाना खसिरहेको छ’ भन्दै दिएको सन्देश सामान्य अभिव्यक्ति नभई हिमालमा भइरहेको तीव्र परिवर्तनप्रतिको चेतावनी भएको शेर्पाको भनाइ छ । “त्यो वाक्य केहीलाई त्यतिबेला बढाइचढाइ गरिएको अभिव्यक्तिजस्तो लाग्न सक्छ । तर आज हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्, हिमताल बढिरहेका छन्, नयाँ जोखिम सृजना भइरहेका छन् । हिमपहिरो र बाढीका घटना बढिरहेका छन्”, शेर्पाले भन्नुभयो ।

हिमाली समुदाय र पर्यटन क्षेत्रसमेत प्रत्यक्ष रूपमा प्रभावित भइरहेको छ । “त्यसैले त्यो केवल भावनात्मक अभिव्यक्ति थिएन, हिमालमा देखिइरहेको वास्तविक परिवर्तनप्रतिको चेतावनी थियो”, उहाँले भन्नुभयो ।

सगरमाथाको आधारबाट विश्वका नेताहरूलाई दिइएको गुटेरेसको उक्त सन्देश अहिले अझ सान्दर्भिक भएको पर्यटनविद् शेर्पाको भनाइ छ । नेपालका हिमालले विश्वलाई साहस, प्रेरणा, पानी, जैविक विविधता र प्राकृतिक सम्पदा दिएको उल्लेख गर्दै उहाँले हिमाल संरक्षणका लागि विश्व समुदायले पनि जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको हिमाली क्षेत्रमा पछिल्ला वर्षहरूमा हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो तथा बाढीका घटनाले जोखिम बढाउँदै लगेका छन् । यस्ता घटनाले हिमाली बस्ती, पूर्वाधार, पर्यटन तथा स्थानीय जीविकोपार्जनमा समेत असर पार्दै आएका पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताउनुभयो ।

हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा मात्र सीमित नरहेको विज्ञहरूको भनाइ छ । हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमा आश्रित दक्षिण एसियाका ठूलो जनसङ्ख्या र कृषि प्रणाली यसबाट प्रभावित हुनसक्ने भएकाले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई विश्वव्यापी जलवायु सङ्कटको महत्त्वपूर्ण सूचकका रूपमा हेरिँदै आएको छ ।

शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.