• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

महँगो तिर्दा पनि तरकारी अभाव

  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १२ गते । आइतबारदेखि सोह्रश्राद्ध सुरु भएको छ । समान्यभन्दा तरकारीको माग बढी हुने समय हो यो तर केही दिनयता काठमाडौँ उपत्यकाका उपभोक्ताले महँगो तिरेरसमेत ताजा तरकारी पाउन समस्या छ । देशभर पाँच दिनसम्म लगातार परेको भारी वर्षा र त्यसले निम्ताएको क्षतिले उपत्यकामा तरकारी नआएपछि उपत्यकावासीले महँगो मूल्य तिरेर पनि ताजा तरकारी पाउँदैनन् ।

गत बुधबार रातिदेखि आइतबार बिहानसम्म लगातार परेको भारी वर्षाले काठमाडौँसँग जोडिएको मुख्य सडक पृथ्वी राजमार्ग बन्द हुँदा उपत्यकामा तरकारी आपूर्ति प्रभावित भएको छ । उपत्यकाबाहिरबाट आउने तरकारी भित्रिने नाकामा पहिरोले गर्दा लामो समय सडकमै रोकिएपछि उपत्यकामा तरकारीको समस्या भएको छ ।

आइतबार दिउँसो कालीमाटी बजारमा आइपुग्नुभएकी सुशीला अधिकारी बजारमा किन्ने राम्रो तरकारी नदेखेपछि पाकेको फर्सी, तामा र आलु मात्रै किनेर फर्किनुभयो । सोमबार सासुको वार्षिकी कार्यक्रमका लागि सस्तो तरकारी किन्न छोरासहित कालीमाटी बजारमा आएकी उहाँले भन्नुभयो, “बजारमा तरकारी नै छैन, फर्सी आलु र तामा लिएर हिड्यौँ ।” उहाँ जस्तै कीर्तिपुरमा ‘गल्र्स होस्टेल’ की सञ्चालिका कविता थापाले पनि कालीमाटीमा खोजे जस्तो तरकारी नपाएर रित्तै फर्किनुभयो ।

तरकारी आपूर्ति सहज नहुँदा उपभोक्ताभन्दा बढी चिन्तामा व्यापारी देखिन्छ । कालीमाटीमा तरकारी खुद्रा व्यापार गर्ने मैयाँ खड्काका अनुसार सोह्रश्राद्र सुरु भएकाले काउली, बोडी, सिमी, तोरीको सागलगायतको तरकारीको उच्च माग छ तर ती तरकारी आएकै छैन । स्थानीय काउली त छ तर त्यति राम्रो छैन ।

कालीमाटी तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष दीपकप्रसाद पौडेलले कालीमाटी बजारमा तरकारी आउने स्रोत जिल्ला नै वर्षाले प्रभावित भएकाले बजारमा तरकारी अभाव भएको बताउनुभयो । उहाँका अनुसार यो समयमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गरेको छ तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन ।

मकवानपुर र चितवनका किसानले उत्पादन गरेको तरकारी वर्षाका कारण सडक अवरुद्ध हुँदा बारीमै कुहिएको गुनासो गरेका छन् । किसानले सामाजिक सञ्जालमा मौसमी तरकारी लौका, करेला, घिरौँला, तने बोडी, गोलभेँडा कुहिएर फाल्नु परेको पीडा व्यक्त गरेका छन् । उपत्यकाबाहिर मात्रै नभई लगातारको वर्षाले काठमाडौँ उपत्यकावरपरका जिल्लामा उत्पादित तरकारीसमेत किसानले टिपेर बजारमा ल्याउन नसकेकाले बजारमा तरकारीको अभाव बढेको हो ।

भाउ उच्च 

असोज लागेसँगै उकालो लागेको तरकारीको भाउ पछिल्लो वर्षाका कारण अझै छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार असोज ५ गते प्रतिकेजी ६५ रुपियाँ थोक मूल्य रहेको गोलभेँडा ११ गतेसम्म आउँदा बढेर प्रतिकेजी ११० रुपियाँ पुगेको छ । आलु प्रतिकेजी ४५ रुपियाँबाट बढेर ५२ रुपियाँ थोकमै पुगेको छ । काउली, घिउसिमी, बन्दा, मुला, तनेबोडी, घिरौँला, लौका, सुकेको प्याज, तोरी र रायोको सागलगायतको मूल्य थोकमै प्रतिकेजी पाँच रुपियाँदेखि २५ रुपियाँसम्म बढेको समितिले जनाएको छ ।

आपूर्ति घट्यो 

समितिका अनुसार बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको छ । समितिका कार्यकारी निर्देशक डा. प्रद्युम्नराज पाण्डेले पछिल्लो लगातारको वर्षाले गर्दा तरकारीको आयात झन्डै आधा घटेको बताउनुभयो । सामान्य अवस्था हुँदा बजारमा दैनिक औसतमा नौ सय मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले पाँच सय मेट्रिक टनको हारहारीमा मात्रै आइरहेकाले बजारमा अभाव देखिएको उहाँको भनाइ छ । उपत्यकावासीको मागमध्ये लगभग ८० प्रतिशत कालीमाटी बजारले धान्न गरेको छ र बाँकी साना बजार बल्खु तरकारी बजार, बालाजु, कोटेश्वर, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारलगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको छ ।

लगातारको वर्षा र सडक अवरोधका कारण काठमाडौँ उपत्यकामा तरकारीको मूल्य बढ्नु स्वाभाविक भएको व्यापारी बताउँछन् । स्थानीय उत्पादनको सङ्कलन र ढुवानी उपत्यकाभित्र र आसपासका (जस्तै : भक्तपुर, काभ्रे, ललितपुरका ग्रामीण क्षेत्र) सुरक्षित ठाउँमा उत्पादित तरकारीलाई साना गाडी वा सहकारीमार्फत सङ्कलन गरी बजारसम्म पु¥याउने काम भइरहेको छ ।

भण्डारण (कोल्डस्टोर) को उपयोग : यदि पहिले नै शीतभण्डार (कोल्ड स्टोर) हरूमा आलु, प्याज जस्ता ओसारपसार गर्न मिल्ने तरकारी मौज्दात छन् भने तिनलाई अहिलेको सङ्कटका बेला बजारमा पठाएर मूल्य सन्तुलनमा राख्न सकिन्छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.