• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

बाटोमै रोकिए एक सय पाँच बुलेट

  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका १०५ ग्यास बुलेट अविरल वर्षाका कारण बाटोमै थुनिएका छन् । बुधबारदेखिको वर्षाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट बाटोमै रोकिएका हुन् ।

ती बुलेट बाटो खुल्नासाथ उपत्यकामा भित्रिने तयारी अवस्थामा रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले वर्षाका कारण १०५ बुलेट बाटोमै रोकिएको जानकारी दिनुभयो । “एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास बाटोमै रोकिएको छ,” ठाकुरले भन्नुभयो, “बाटो खुल्नासाथ हिँडिहाल्ने भएकाले उपत्यकामा ग्यासको अभाव कम हुने छ ।”

“भारतबाट ग्यास ल्याउन कुनै पनि समस्या छैन, बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड भएका बुलेट चितवन र हेटौँडा आसपास नै आइसकेका छन्,” ठाकुरले भन्नुभयो, “कृष्णभिर र धादिङका अन्य स्थानमा गएको पहिरो पन्छाउनेबित्तिकै ग्यास बुलेट आउन सुरु हुन्छ ।” बाटो खुल्नसाथ ग्यासको आयात नियमित भई बजारमा ग्यास वितरण हुने भएकाले उपभोक्तालाई नआत्तिन ठाकुरले अनुरोध गर्नुभयो ।

काठमाडौँ उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका बुलेट वीरगन्ज भन्सार क्लियर भइसकेका छन्, कोही चितवनको रामनगरमा, कोही हेटौँडामा त कोही अन्य सुरक्षित स्थानमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा रोकिएर बसेको निगमले जनाएको छ ।

एउटा ग्यास बुलेटमा १८ देखि २० टन ग्यास हुने गर्छ । एक बुलेटमा एक हजार २५० वटा सिलिन्डर भर्न मिल्ने ग्यास हुन्छ । बाटो खुल्नेबित्तिकै लगातार तीन/चार दिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सक्ने भएकाले अभाव कम हुने निगमले जनाएको छ । निगमले आइतबार १७ हजार सिलिन्डर बजारमा वितरण गरिएको जनाएको छ ।

यसैबिच चालु आव २०८२/८३ को दुई महिनामा एक लाख १७ हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन/भदौमा १६ अर्ब २६ करोड रुपियाँ बराबरको एक लाख १७ हजार १६८ मेट्रिक टन ग्यास आयात भएको हो । गत वर्ष सो अवधिमा नौ अर्ब ४३ करोड ४१ लाख रुपियाँ बराबरको ९१ हजार ९६३ मेट्रिक टन ग्यास आयात भएको थियो ।

गत आवको दुई महिनाको तुलनामा २६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको हो । बजारमा ग्यासको अभाव कम भएपछि आपूर्ति व्यवस्था सहज पार्न भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरेको निगमले जनाएको छ । साउनमा ५७ हजार ३३५ मेट्रिक टन ग्यास आयात भएको थियो । ग्यासको आयात बढे पनि बजारमा अभाव भने कायम छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.