• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौं, साउन ५ । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको छ। गीतका शब्द निर्देशक एभरेष्ट सूर्य बोहराले लेखेका हुन् भने संगीत पनि राजनराज शिवाकोटीले नै दिएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राईलाई आकर्षक नृत्यसहित देख्न सकिन्छ।

लोक–आधुनिक शैलीमा तयार पारिएको गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास गायक तथा संगीतकार राजनराज शिवाकोटीले व्यक्त गरे। कार्यक्रममा गीत प्रस्तुत गर्दै उनले केही समय संगीत सिर्जनाबाट विश्राम लिए पनि अब पुनः सक्रिय रूपमा काममा फर्किएको बताए।

अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ आफ्नो करिअरका विशेष चलचित्रमध्ये एक भएको बताइन्। निर्देशक बोहरासँग यसअघि ‘भैरे’मा सहकार्य गरेको स्मरण गर्दै उनले यसपटक फरक शैलीको कमेडी तथा यथार्थपरक भूमिकामा देखिन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन्।

अभिनेता मुकुन भुसालले पनि सुरक्षा पन्तसँग पहिलोपटक स्क्रिन साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे। धेरैपटक सहकार्यको प्रस्ताव आए पनि यो चलचित्रमार्फत मात्र त्यो सम्भव भएको उनले बताए।

निर्देशक एभरेष्ट सूर्य बोहराले आफूले यसअघि लेखेको चर्चित गीत ‘म त छु कि क्या हो ठूली’ जस्तै ‘ओइ ओइ चमेली’ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे।

निर्माता रामनारायण उपाध्याय र सुनिता सापकोटाले ‘चमेलीको पोइ’बाट आफूहरू निकै आशावादी रहेको बताए। उनीहरूका अनुसार चलचित्रको अमेरिकामा विशेष प्रदर्शन भइसकेको छ र त्यहाँबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ।

चलचित्रमार्फत करिब डेढ दशकपछि चर्चित हास्य कलाकार नारायण त्रिपाठी (प्रेमचरो) नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनिता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायत कलाकारको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको चलचित्रको छायांकन शेरबहादुर तामाङले गरेका हुन्। कार्यकारी निर्मातामा उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य छन् भने धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेकी छन्। चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन रहेको छ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
नयाँ प्रणालीबाट राहदानी : सुधार गर्दै अगाडि बढ्दै
चराको चिरबिरसँगै ब्युँझिन्छ कोशीटप्पु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

  • ६.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.