• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

भोटेकोशी बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व

  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित

महोत्तरी- भोटेकोशी बाढीयता सांस्कृतिक उत्सव र पारम्परिक पर्व आए गए । महोत्तरीका सम्पर्कविहीन परिवारमा भने चाडबाड आएनन् । सधैँ बाबुको मुख हेर्ने दिन फोन गर्ने खोजी गर्ने र अनुकूल समय मिलाएर कुनै वर्ष छोराले आफ्नै हातले विभिन्न परिकार खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव बिष्टका दिन रुँदै बित्दैछन् । तीजमा सधैँ भाइको सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो ।

“प्रत्येक वर्ष भाइ तीज आउन पाँच÷सात दिनपहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो, यसपालि भने उसको खबर सुन्न नपाई पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन,” सिर्जना रुँदै बह पोख्नुहुन्छ । यस परिवारका सौभाग्य विष्ट गत भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडबाड आएको कसैलाई हेक्का छ । न आँखा नै ओभाउन पाएका छन् । भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौडदै माइतघर आउनुभएकी सिर्जनालाई आपूm जन्मी हुर्केको घर अहिले बिरानो झैँ लाग्दैछ ।

“जसले खोजी गर्थ्यो उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो,” उहाँ भन्नुहुन्छ, “अब त तीन साता बितिसक्यो, कहिले पाइएला भाइको खबर ?” अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इञ्जिनियर रहनुभएका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन हुनुभएपछि परिवार गहिरो पीडामा छ ।

“कैयन पटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारी सकियो, सौभाग्यको केही पत्ता लागेन,” पिता ध्रुव रुँदै भन्नुहुन्छ, “मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला ?”

यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ । रानाले आफैँ हेलिकप्टर भाडामा लिएर खोजी गर्नुभयो तर जोयाको केही अत्तोपत्तो लागेन ।

रसुवास्थित जलविद्युत आयोजनामा कम्प्युटर इञ्जिनियर रहेकी जोयाले रक्षाबन्धन पर्वमा घर आउने बताएकी पिता खिलबहादुर सम्झनुहुन्छ । “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिनपहिले आफैँ हराइ,” पिता खिलबहादुर भक्कानिदै भन्नुहुन्छ । त्यसयताका चाडपर्व राना परिवारले केही सम्झेका छैनन् । “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिइ, अब के चाडबाड आउलान् यो घरमा ?” ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्नुहुन्छ ।

मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ । भर्खरै यो पर्व सम्पन्न भयो तर बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन ।

“राखी, कृष्णाष्टमी आ चौरचन सेहो बितगेल, बौवाके कोनो खबर नइ आयल” (राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए, तर मेरो छोराको केही खबर आएन) पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्नुहुन्छ, “पावैन तिहारमे बौवा खुब मन लगवैत छल, अइबेर हमरासबके काइनक दिनसब बित रहल अई” (चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि हाम्रो रोएरै दिन बित्दैछन्) ।

जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजी रहन्छन् । “कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करै छल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल” (कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झडगा गथ्र्यो, तर उसको बाबु त उतै हराए) छोरा बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका पति सम्झदै बिटुकी आमा भन्नुहुन्छ । नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थाल्नुभएका सुशील यसपालि रसुवाबाट सम्पर्कविहीन हुनुभएको हो ।

बाढीसँगै सम्पर्कविहीन हुनुभएका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरुको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्नुहुन्छ । यसपालिको रसुवा बाढीले धन सम्पति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ ।

बिष्ट, राना, यादव, दास र मण्डलबाहेक महोत्तरीका थप छ जना हराइरहेका छन् । जलेश्वर–७ महादेवपट्टीका हशन रेजा अन्सारी, लोहारपट्टी–८ का सन्तोषकुमार ठाकुर, गौशाला–१ का विजय थापा मगर, गौशाला–८ का शीतबहादुर नुङ्गेली र रामगोपालपुर–४ का विश्वजित मण्डल बाढीमा परेर हराइरहेका छन् । यसबीचका सबै चाडपर्व परिवारले रुँदै बिताएका छन् ।

भोटेकोशी बाढी रसुवाबाट नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन छिचोल्दै भारत पस्यो । त्यो बाढीले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ । एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको विचल्ली झन् बढ्दो छ ।

परिवारको मुख्य जिम्मेवारी सम्हालेका मुख्य मान्छे नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन् । बाढीमा परेर महोत्तरीका १० जना सम्पर्कविहीन छन् । सिङ्गो महोत्तरीमै अहिले यी १० सम्पर्कविहीनको चिन्ता र चासो पाइन्छ । सम्पर्कविहीन परिवारले सरकार, खोज उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको सही ठेगान लगाइदिन अनुनयविनय गरिरहेका छन् ।

बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.