• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित

महोत्तरी । बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्र एन्टी स्नेक भेनमको अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेको छ । मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडाले एन्टी स्नेक भेनमको अभावमा सेवा बन्द गर्नुपरेको जनाएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को प्रारम्भदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने उक्त भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ । उपचार सेवालाई निरन्तरता दिन प्रयत्न गरिए पनि भेनम पाउन नसकेपछि बाध्य भएर सूचना टाँस गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउँछन् ।

“हामीले औषधिका लागि प्रदेश र सङ्घीय सरकारका सम्बद्ध निकायमा निकै धायौँ, तर भेनम पाउन सकिएन”, देवकोटा भन्छन्, “यस्तो अवस्थामा सेवा दिन नसकिने भएपछि बाध्य भएर सूचना टाँस गरेका हौँ ।” केन्द्रले बुधबार साँझदेखि सेवा दिन नसकिने व्यहोराको सूचना टाँस गरेको छ ।

विसं २०७१ साउन ३१ गतेदेखि सर्पदंशको उपचार गर्न थालेको केन्द्रले हालसम्म ३३ हजारलाई सेवा दिएर ज्यान बचाएको छ । मधेसका महोत्तरी, धनुषा र सर्लाही, कोशीका उदयपुर र ओखलढुङ्गा तथा बागमती प्रदेशका सिन्धुली र रामेछापसम्मका सर्पदंशका बिरामीले यहाँबाट उपचार सेवा लिँदै आएको विवरण छ । त्यसबाहेक दोलखा, रौतहट र सिरहाका बिरामी पनि समयसमयमा उपचार लिन यहाँ आउने गरेका थिए ।

बर्दिबास आफैँ सर्पको बिगबिगी भएको स्थानका रूपमा परिचित छ । पछिल्लो दुई महिनायता भेनम पाउनै कठिन भएपछि केन्द्रमा उपचार लिन आउनेलाई सेवा दिन नसक्दा ग्लानी भएको देवकोटा बताउँछन् ।

आफ्नो ठाउँमा स्थापित भइसकेको केन्द्रबाट उपचार दिन नसक्ने सूचना पढेपछि वरपरका बासिन्दा अब अप्ठ्यारा दिन आउने आशङ्काले चिन्तित छन् । “सरकारले औषधिको व्यवस्था गरिदिनुपर्छ”, बर्दिबास–३ गौरीडाँडाकै बासिन्दा गीता खतिवडा भन्छिन्, “नभए त उपचार नपाएरै मर्ने अवस्था आउने भयो ।” तीनै तहका सरकार यो समस्याप्रति गम्भीर हुनुपर्ने बर्दिबासका सामाजिक सङ्संस्था र नागरिक समाजका प्रतिनिधिको धारणा छ ।

“ठुलै समस्या देखिएको छ, एन्टी स्नेक भेनमको व्यवस्थापनमा सम्बद्ध पक्ष लाग्नुपर्‍यो”, अन्तर सङ्घसंस्था समन्वय सञ्जाल बर्दिबासका संयोजक रामकुमार कार्की भन्छन्, “यसका लागि पहिलो पहलकदमी स्थानीय तहको नेतृत्वले लिनपर्छ ।” भेनमको अभावले तत्काल उपचार गर्न नसकिए पनि औषधि उपलब्ध हुनासाथ सेवा सञ्चालन गरिने केन्द्रले जनाएको छ । सो केन्द्रमा नेपाली सेनाका दक्ष प्राविधिकले उपचार सेवा दिँदै आएका छन् ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • २.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ३.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ४.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ५.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ६.
    सामूहिक प्रयासमा फूलखेती

  • ७.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ८.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.