• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

भोटेकोशी बाढीले क्षतिग्रस्त सडक : दसैँअघि नै पुनर्निर्माण

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नुभएको छ । हजारौँ नागरिक विस्थापित भएका र अर्बौंको क्षति भएको यस प्राकृतिक विपत्पछि दसैँको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सडक विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिएका छन् ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले दसैँलगायतका चाडपर्व सुरु हुनुअघि नै भोटेकोशी बाढीले अवरुद्ध भएका सडक सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडकहरूमा अस्थायी रूपमा भए पनि मुख्य सडक वा वैकल्पिक सडक भएर दसैँअघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो ।

प्रवक्ता न्यौपानेले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा दसैँअघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य नै छ । बाढीले अवरुद्ध अधिकांश बाटो खुलिसके । अब खोल्न बाँकी भनेको स्याफ्रुबेँसीदेखि रसुवागढी खण्ड हो । यो खण्डको सडक खुलाउनका लागि एक्साभेटर, डोजर, लोडरलगायत हेभी एक्युपमेन्ट पठाइसकिएको छ । वेत्रावतीमा थोरै बाटो खुलाउन बाँकी छ । वेत्रावतीमा आवश्यक बेलिब्रिज पनि पठाइसकिएको छ । सडक अवरुद्ध रहेका क्षेत्रमा आवश्यक काम दु्रत गतिमा भइरहेका छन् ।” उहाँले त्रिशूली नदीमा पुल राखेर धादिङ सदरमुकामलाई सिधा सडक सम्पर्कमा जोड्ने काम दसैँभित्र सक्ने गरी प्रयास भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार गल्छी–त्रिशूली–रसुवागढी सडकको गल्छीदेखि भैँसे खण्डसम्मको सडक खुलिसकेको छ । अब भैँसे वेत्रावतीमा पाँच सय मिटर खुलाउन बाँकी छ । उहाँले भन्नुभयो, “त्यहाँ काम भइरहेको छ, छिट्टै खुल्छ । अहिले डोजर र एक्साभेटर प्रयोग गरी ढुङ्गे्र–वेत्रावती खण्डमा सडक खुलाउने काम भइरहेको छ ।” नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको बताउँदै उहाँले फलाखु खोलामा ७५ मिटर बेलिब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । सातबिसेमा डेढ किलोमिटर र उत्तरगया मावि–वेत्रावतीबिच करिब पाँच सय मिटर सडक बगेको उहाँले बताउनुभयो ।

प्रवक्ता न्यौपानेले भन्नुभयो, “वेत्रावतीमा बेलिब्रिज निर्माणका लागि जग (फाउन्डेसन) को काम भइरहेको छ । स्याफ्रुबेँसीमा पनि बेलिब्रिज निर्माणका लागि डिजाइनको काम सुरु भइसकेको छ । बेलिब्रिज निर्माणसँगै स्याफ्रुबेँसीसम्मको बाटो खुलिसकेपछि रसुवागढीतिरको काम सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १५ किलोमिटरको बाटो खुलाइने छ ।” सडक सञ्चालनमा ल्याउन तल्लो स्याफ्रुबेँसी, चिलिमे र माथिल्लो स्याफ्रुबेँसी गरी तीन ठाउँमा बेलिब्रिज राख्नुपर्ने बताउँदै प्रवक्ता न्यौपानेले यी ठाउँमा बेलिब्रिज जडान गरिएपछि रसुवागढी नाकासम्मै सडक सम्पर्क पुनस्र्थापित गर्न सहज हुने स्पष्ट पार्नुभयो । बाढी प्रभावित यी क्षेत्रमा सडक सम्पर्क पुनस्र्थापित गर्न चीनले दिएका दुई वटा, भारतले दिएको एउटा, नेपाली सेना र सडक विभागसँग रहेका बेलिब्रिजहरू प्रयोग गरिने उहाँले बताउनुभयो ।

कार्यदल गठन

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बाढी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सडक र पुल निर्माणलाई गति दिन आठ वटा विषयगत कार्यदल गठन गरी काम भइरहेको जानकारी दिनुभयो ।  ढकालका अनुसार ढुङ्ग्रे–वेत्रावती खण्ड, सातबिसेको डेढ किलोमिटर र उत्तरगया मावि–वेत्रावतीबिचको पाँच सय मिटर बगेको सडक खण्डमा दर्जनौँ डोजर र एक्साभेटर परिचालन गरिएको छ । नयाँ अस्थायी ट्र्याक खोल्न टोलीहरूले दलदले माटो पन्छाउने र कडा चट्टानी क्षेत्रमा ब्लास्टिङ गर्ने काम गरिरहेका छन् । नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको छ भने वेत्रावती–रसुवागढी खण्डका बाँकी स्थानमा यातायात सञ्चालनका लागि चिनियाँ पक्षसँग समेत समन्वय गरी ४० टनभन्दा बढी भार वहन गर्न सक्ने बेलिब्रिज जडान गर्ने योजना अगाडि बढाइएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार सडक र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पुल र सडकको स्थायी पुनर्निर्माणका लागि १८ अर्ब १६ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ ।

सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.