• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

सर्लाही । जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ ।

पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा चुनौती थपिएको छ । पानीको स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्व सङ्केत देखा पर्न थालेको छ ।

सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको छ । उनको घरबाट सय मिटरको दूरीमा एक दशक पहिलेसम्म फराकिलो सिमसार क्षेत्र थियो । झन्डै १६ बिघामा फैलिएको सिमसार अर्थात् सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ ।

“यहाँ ठुलो सिमसार क्षेत्र थियो”, उनले स्मरण गर्दै भने, “वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो । हिउँदभरि भूमिगत (जरुवा) पानी निस्किएर सोती बग्थ्यो । अहिले त्यो सिमसार छैन । पानी त कहाँबाट आउनु । अहिले खोला सुकिसकेको छ”, उनले भने ।

अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ । विगतमा फराकिलो हिसाबले बगेको सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा र ग्राभेल हालेर पुर्ने क्रम तीव्र बनेको छ । जसले नदीको मौलिक स्वरुप मात्र बदलिएको छैन । जैविक विविधता हराउँदै गएको छ ।

आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउन प्रयोग गर्ने गरेको बरहथवा नगरपालिक–९, मूर्तिया निवासी विश्वनाथ महतोले बताए ।

“यो सोती देख्दा आज रोइरहेको भान हुन्छ”, उनले भने, “हाम्रो धार्मिक आस्था । खोलाको जैविक विविधता माथि निरन्तर आक्रमण भइरहेको छ । हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ । केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भात भान्सासम्म यसैको भर थियो । अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको छ । आकार खुम्चँदै गएको छ ।”

सोती खोलालाई स्थानीयले माईका रूपमा पुज्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । वर्षमा दुई पटक यसै नदीमा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ । विगत केही वर्षयता सोतीको मुहानदेखि झन्डै चार किलोमिटरका क्षेत्रमा पानी पलाउने क्रम क्रमशः बन्द हुँदै गएको स्थानीयको अनुभव छ । जरुवा पानीको मुहान भएकाले गर्मीमा चिसो र जाडोको समयमा तातो हुनु सोतीको विशेषता थियो ।

अतिक्रमणका कारण पानीको स्रोत कम हुँदै गएको सोती खोलाले आफ्नो जैविक स्वभाव परिवर्तन गर्दै गएको स्थानीयको अनुभव छ । खोलाको प्राकृतिक स्वरूपमा बाधा पुर्‍याइएकामा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । तैपनि, अनेक बहानामा खोला माथिको थिचोमिचो नरोकिएको स्थानीय युवा सोनुकुमार यादवको गुनासो छ । झिँगे, बामलगायतका माछा र पौष्टिक आहारका रूपमा प्रयोग हुने घुँगीलगायत जलचर सोतीसँगै चपेटामा छन् ।

सिमसार पानीको मुहान रहेको खोला बागमती नगरपालिका–९, बाट सुरु भएर बरहथवा नगरपालिका, बसवरिया गाउपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर वाग्मती नदीमा मिसिन्छ । खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याएको छ । अतिक्रमण पछि सङ्कटमा परेको सोतीसँगै भोलिका दिनमा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावले बन्जर बन्ने जोखिम बढेको छ ।

खोलामा एक दर्जन बाँध बाँधिएको छ । जसबाट नहर निर्माण गरी खेतका बाह्रै महिना सिँचाइको व्यवस्था गरिएको छ । खोलामा पानीको सतह कम हुँदा सिँचाइका लागि पानीको अभाव हुन थालेको छ ।

पानीको अभावका कारण स्थानीय किसानका बीचमा विवाद हुने गरेको बरहथवा नगरपालिका–८, टाडीका विक्रम यादवले सुनाए । वर्षात सुरु भएपछि मात्रै नदीमा केही समय पानी बग्ने गरेको उनले उल्लेख गरे ।

सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हिरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध र सुदामा ब्यारेजमा थुनेर नहरमा र कुलोमा हाल्ने गरिएको छ । अन्य स्थानमा ससाना बाँध बाँधेर सिँचाइको व्यवस्था गरिएको छ । केही बाँधमा बाह्रै महिना पानी रहने गरेको भए पनि केही बाँध हिउँद सुरु भएपछि खण्डहर बन्ने गरेको स्थानीयको भनाइ छ ।

खोलामा पानी कम हुँदै गएपछि पछिल्लो तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर पानी पटाउने गरेको यादवले सुनाउनु भयो । नजिकै खोला भए पनि रातभरि जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने अवस्थामा किसान पुगेका छन् ।

जलचर प्राणीको बासस्थान, वनस्पति, जीव, जनावरसँगै मानिसको प्राण पानी बग्ने खोला बचाउनेतर्फ कसैको ध्यान नगएकामा उहाँ चिन्तित हुनुहुन्छ । सोती खोला बरहथवा नगरपालिकाको बिच भागबाट बगेको निकास (ड्रेन) समेत हो । वर्षातमा बरहथवा नगर क्षेत्रमा परेको पानीलाई खोलाले निकास दिन्छ ।

जैविक, वातावरणीय, धार्मिकलगायतको अस्तित्व नै सङ्कटमा पर्ने गरी खोला किनारमा विभिन्न गतिविधि भइरहेको छ । जरुवा पानी निस्कने ठाउँमा पार्क, धर्मशाला, विभिन्न जात र समुदाय विशेषका सार्वजनिक भवन निर्माण भएका छन् । खोला अतिक्रमण रोक्न पालिकाले कोरिडोर निर्माण गरेको बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए ।

यसरी निर्माण गरिएको कोरिडोरका कारण खोला अतिक्रमण रोकिने र संरक्षण हुने उनको भनाइ छ । खोला किनारमा पालिकासँग समन्वय नै नगरी प्रदेश र सङ्घीय सरकारले योजना पठाएर समस्यामा पारेको उनको कथन छ ।

“खोला किनारमा तारजाली गर्नुपर्‍यो, बाटो बनाउनुपर्‍यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुपर्‍यो भन्दै आउनुहुन्छ”, प्रमुख कटुवालले भने, “रोकौँ गर्न दिएन भन्नुहुन्छ । विरोध हुन्छ । हामीसँग प्रदेश र सङ्घीय सरकारले समन्वय नै गर्नुहुन्न । संरचना निर्माण भइसकेपछि मात्र थाहा हुन्छ । हामीले के गर्नु ?”

बरहथवा नगरपालिकाको नदी किनारमा फनपार्क, सार्वजनिक भवन र खुला व्यायामशाला निर्माण भएको छ । खोला संरक्षण, छठ घाटलगायतका शीर्षकमा सोतीको मौलिकता र विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी कङ्क्रिट ढलान गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा, जैविक विविधताको संरक्षण र सम्वर्द्धनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । सोअनुरुप काम हुन नसक्दा वातावरण, जैविक विविधता र वनस्पति सङ्कटमा पर्दै गएको छ ।

 

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.