• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ४. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ६. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ९. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

भारी वर्षाको पूर्वानुमानपछि उच्च सतर्कता अपनाइँदै

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

धनगढी, असोज ८ गते । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको छ ।

प्रदेश सरकारले वर्षाका कारण आउन सक्ने बाढीपहिरो जस्ता विपत्का घटनामा कुनै पनि ठुला दुर्घटना वा मानवीय क्षति हुन नदिने गरी पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको हो । सरकारले अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको दार्चुला, बझाङ, बाजुरामा नागरिकलाई सचेत गर्दै सतर्क रहन आग्रह गरिसकेको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपहिरो जस्ता विपत् आइपरेको खण्डमा विपत्मा परेका नागरिकको उद्धार, व्यवस्थापनलगायतका कार्यका लागि सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रहन सरकारले निर्देशन दिइसकेको छ । मन्त्री रावल भन्नुहुन्छ, “कुनै पनि ठुला दुर्घटना र मानवीय क्षति हुन नदिनका लागि प्रदेश सरकार अग्रिम ‘अलर्ट’ छ । सोही अनुसार सरोकारवाला सम्पूर्ण निकायलाई ‘हाई अलर्ट’ अवस्थामा राखिएको छ ।” जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज ९ शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म यस प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ । उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भागआसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) भई उत्तरपश्चिम दिशातिर सर्ने देखिएकाले मुलुकका विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

प्रदेशका पहाडी तीन जिल्लालाई महाशाखाले रातो क्षेत्र अर्थात् प्रतिकार्य गर्नुपर्ने क्षेत्रका रूपमा सङ्केत गरेको छ भने पहाडका अछाम, डोटी, बैतडी, डडेलधुरा र तराईका कैलाली, कञ्चनपुर गरी छ जिल्लालाई पहिलो क्षेत्र अर्थात् अद्यावधिक हुनुपर्ने सङ्केत गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म यस प्रदेशमा पनि भारीदेखि धेरै भारीसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि प्रदेश विपत् कार्यकारी परिषद्को तत्कालै बैठक बोलाएर पूर्वतयारीका विषयमा सम्पूर्ण सरोकारवालासँग छलफल गरिएको विपत् हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले जानकारी दिनुभयो । उहाँले विपत् प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रो तयारी गरेको बताउनुभयो ।

मन्त्री थारूले भन्नुभयो, “सुरक्षा निकायलाई सबै बन्दोबस्तीका साथ ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छौं । विपत्मा सरोकार राख्ने सङ्घ संस्थालाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका छौँ ।” मनसुनलगायत अन्य प्राकृतिक विपत्जन्य घटनाबारे जानकारी दिन र सबै जिल्लामा समन्वय गर्नका लागि प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र चौबिसै घण्टा सञ्चालनमा छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना अनुसार आपत्कालीन कार्य सञ्चालन केन्द्रले सबै जिल्लाको विवरण सङ्कलनदेखि लिएर सूचना आदानप्रदान गर्ने केन्द्रका स्रोतव्यक्ति जनक धामीले जानकारी दिनुभयो । उहाँले विपत् कार्यकारी समिति र परिषद्ले गरेको निर्णय अनुसार प्रतिकार्यका गतिविधि सञ्चालन हुने उल्लेख गर्नुभयो ।

प्रदेशमा बाढीपहिरो जस्ता विपत्बाट प्रभावित हुन सक्ने नागरिकका लागि बन्दोबस्तीका सामग्री मौज्दात रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । त्रिपाललगायत अखाद्य वस्तुको अभाव नहुने मन्त्री डगौराले बताउनुभयो ।

बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल
समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग
‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ४.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

भर्खरै

  • १.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • २.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ३.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ४.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ५.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७.
    ‘खुस्मा’ निर्देशक अशोक थापा मगरको ‘जलाकी’ ट्रेलर सार्वजनिक

  • ८.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.