चितवन । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको थियो। निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक बन्दलाई निरन्तरता दिइएको हो।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण चितवन खण्डमा समेत सवारी आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो।
नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
तपाईको प्रतिक्रिया


