• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ४. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ६. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • १०. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

पच्चिस जिल्लामा यातायात सञ्चालन रोक

  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज १० गते । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेपछि सडकदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको बहाब बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोले सडक तथा यातायात अवरुद्ध बनाएको छ ।

गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मुख्यालयआसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहाबको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको छ । सो क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कतासाथ कार्यक्षेत्रमा खटिएका प्रतिक्रिया दिनुभयो ।

जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तर अनुसार जिल्लालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी सवारी आवागमन व्यवस्थापन गर्न भनिएको छ । यातायात पूर्ण बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन् । त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ ।

त्यसै गरी अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न भनिएको छ । बाँकी २२ जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यसमा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली परेका छन् ।

मकवानपुरगढीमा खोलाले बगाउँदा ५० वर्षीय श्यामबहादुर स्याङ्तानको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा हनुमन्तेखोलाको बाढीबाट डुबानको जोखिम बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नवलपरासीपश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब चार सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकामा मनोहरा, बागमती र विष्णुमतीलगायतका नदी तथा खोलामा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । रसुवा, धादिङ, चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड तथा काभ्रेको रोसी गाउँपालिकालगायतका क्षेत्रमा बाढीपहिरोले जनजीवन कष्टकर बनेको छ । सिन्धुलीमा रोसीखोलामा आएको बाढीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदोसहितको बाढीले आवतजावतमा कठिनाइ भएको छ ।

मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको सिस्नेभिर–रुद्रबेनी–वामीटक्सार तथा रोल्पाको घोराही–थबाङ–रुकुम सडकखण्डका विभिन्न स्थान बाढीपहिरोका कारण प्रभावित भएका छन् । पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा बाढीपहिरो र हिमपहिरोको जोखिममा रहेका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

छब्बिस हजार सुरक्षाकर्मी परिचालन 

चार दिनसम्म वर्षा हुने पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । विपत् आइपरेलगत्तै खोज तथा उद्धार, राहत र उपचारमा परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन् ।

नेपाली सेनाले काठमाडौँ, सुर्खेत, धनगढी र रुपन्देहीमा हवाई उद्धार टोलीलाई आवश्यक हवाई साधनसहित तयारी अवस्थामा राखेको छ । सेनाका सबै पृतना तथा गणलाई उच्च सतर्क अवस्थामा राख्दै थप सात हजार ५२४ जनाको विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

सम्भावित विपत्का घाइतेको तत्काल उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी तथा सातै प्रदेशका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा १० हजार ५८५ सुरक्षाकर्मी परिचालन गरेको छ । उद्धारका लागि ८२ वटा र्‍याफ्ट बोट, ५३ वटा मोटरबोट तथा तालिमप्राप्त गोताखोर, मेडिकल र ड्रोन टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले पनि आठ हजार ११० प्रहरीलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशका रोसी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेश प्रदेशका कमला, चारनाथ, बलान र बिहुल नदीका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसचेतना अभियान सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो । काठमाडौँ उपत्यकाका १८ नगरपालिकाले पनि डुबान तथा पहिरो जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी तीव्र पारेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थालाई उच्च सतर्क अवस्थामा राख्दै जोखिमयुक्त जिल्लामा औषधी, स्वास्थ्य सामग्री र आवश्यक जनशक्ति पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्
मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो
सामूहिक प्रयासमा फूलखेती
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ४.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ५.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ६.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भर्खरै

  • १.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • २.
    नेपालको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप

  • ३.
    ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक, अनमोलसँगै गरिमा पन्त पनि देखिइन्

  • ४.
    मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

  • ५.
    सामूहिक प्रयासमा फूलखेती

  • ६.
    चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

  • ७.
    आज कार्तिक १३ गते शुक्रबारको तपाइको राशिफल

  • ८.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.