काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले नारायणी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। महाशाखाले शनिबार बिहान ६ः५० बजे सूचना जारी गर्दै दुवै नदीमा जलसतह निरन्तर बढिरहेको जानकारी दिएको हो।
चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नदीको जलसतह बढ्दै गएकाले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा बसोबास गर्ने नागरिकलाई साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया


