चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा सडक भासिएपछि यातायात सञ्चालन प्रभावित भएको छ। करिब ७० मिटर सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सिमलतालको CH 24+100 मा सोमबार साँझ ७ः१५ बजेसम्म एकतर्फी यातायात सञ्चालनमा रहेको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले सवारी चालकलाई गति नियन्त्रण गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।
सवारी आवागमन सहज बनाउन चालक तथा यात्रुले लेन अनुशासन पालना गर्नसमेत सडक डिभिजनले अनुरोध गरेको छ।
सडक डिभिजनले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया


