काठमाडौँ । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको हो।
बोर्डका अनुसार सेप्टेम्बरमा दक्षिण एसियाली मुलुकबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन्। तीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। यस अवधिमा भारतबाट १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्।
त्यस्तै, श्रीलङ्काबाट सात हजार १०८, बङ्गलादेशबाट तीन हजार ९६४, भुटानबाट एक हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट आठ पर्यटक नेपाल आएका छन्।
अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार २१२, जापानबाट दुई हजार ६६, दक्षिण कोरियाबाट एक हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक नेपाल आएका छन्।
युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना क्षेत्रबाट पाँच हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्वबाट दुई हजार ६०६ र अफ्रिकाबाट चार हजार ५६८ पर्यटक नेपाल भित्रिएका छन्।
गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए। गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा पर्यटक आगमन बढे पनि गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अपेक्षित रूपमा पर्यटक आगमन हुन नसकेको पर्यटन बोर्डले जनाएको छ।


