साउन ६ ,काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा जाने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा जान लागेका हुन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सभामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजले जानकारी दिए ।उद्घाटन कार्यक्रममा देउवासँगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आज उद्घाटन सत्र र भोलि ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट प्रभातफेरी गरिँदै कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताइएको छ ।
महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधनसहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको युनियनले जनाएको छ । महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छ ।


