• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ८. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ९. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

निर्वाचन आयोग र राजनीतिक दलहरुबीच निरन्तर छलफल र समन्वय आवश्यक : राष्ट्रपति

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित

काठमाडौँ , माघ १४
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको हो ।

समारोहमा प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विवादरहित बनाउन सबै सरोकारवालाहरू निरन्तर प्रयत्नशील रहनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालनालगायत निर्वाचनसँग जोडिने सबै विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीच निरन्तर छलफल र समन्वय हुन सके निर्वाचन प्रक्रियालाई विवादरहित बनाउन सकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार सफलतापूर्वक राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुहुँदै आगामी निर्वाचनहरूका लागि समेत तयारी अवस्थामा रहन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरू मात्रै मतदाता रहने राष्ट्रियसभा सदस्यको निर्वाचनमा समेत ठूलो सङ्ख्यामा मत बदर हुने प्रवृत्ति देखिनु दुखद भएको बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जिम्मेवार राजनीतिक दलहरूबाट निरन्तर आचारसंहिता विपरीतका गतिविधिहरू हुनु तथा जनताको मतबाट निर्वाचित केही जनप्रतिनिधि समेत मतदानमा अनुपस्थित हुनुले लोकतन्त्रलाई नै कमजोर बनाउने हुनाले त्यसतर्फ चनाखो हुनुपर्ने पनि बताउनुभयो ।

निर्वाचन आयोगको प्रतिवेदनमा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि भएको निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएकोमा ८ राजनीतिक दलका ५१ उम्मेदवार बीच प्रतिस्पर्धा भएको उल्लेख छ ।

ती मध्ये ५ राजनीतिक दलका १९ जना उम्मेदवार निर्वाचित भएको र निर्वाचनका क्रममा भएको मतदानमा कूल मतदाता २ हजार ४६ मध्ये १ हजार ९ सय ९९ जना मतदानमा सहभागी भएको आयोगले जनाएको छ । आयोगका अनुसार ४७ जना जनप्रतिनिधि मतदानमा सहभागी हुनुभएन ।

मतदानमा भाग लिएका मध्ये २३ जना प्रदेश सभा सदस्य र ४७ जना स्थानीय तहका जनप्रतिनिधिको मत बदर भएको आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

आइतबार, माघ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत
‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु
एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.