कर्णाली उत्सवको पाँचौँ संस्करणको आजदेखि सुरु हुदैछ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बुलबुले उद्यानमा सञ्चालन हुने कर्णाली उत्सव, कुडा कर्णालीकाको पाँचौँ संस्करण फागुन ५ गतेदेखि ७ गते सम्म चल्ने
आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ । पाँचौँ संस्करणमा विभिन्न १३ सेसन, ३ वटा पैकेलोको प्रस्तुती र हरेक दिन सांस्कृतिक साँझको आयोजना गरिनेछ ।

‘कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव, कुडा कर्नाली’का यसको मुख्य नारा रहेको छ । कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो ।
आयोजक संस्था ऋति फाउन्डेसनले कार्यक्रमको खर्च तथा आम्दानी विवरण लेखापरीक्षण गरी सार्वजनिक समेत गर्दै आएको छ । कर्णाली उत्सवको शीर्ष प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ ।
पहिलो दिन फागुन ५ गते पहिलो सेसन भूकम्पपछिको राहत उद्धार केन्द्रित ‘ईपिसेन्टर’, ‘संकट र सेवा’, जोखिम र ‘जुद्न्या जुक्ति’, दोस्रो दिन ‘कर्णालीस् धरोहर(मनोहर’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’, ‘अपाङ्गतास् पहुँच र पौरख’, ‘हाम्मो काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाहस् रहर र कहर’, र तेस्रो दिनमा ‘लोकतन्त्रस् दलभित्र, देशभित्र’, ‘देश जान्या’, ‘समाज र सङ्घर्ष’, ‘खस कुडा(खास कुडास् सौराई जिन्नगीको’, र अन्तिम सेसन ‘विकास अन्र्या,विकास खान्या’ गरि तीन दिनमा १३ वटा सेसन सञ्चालन हुने छन् ।
हरेक दिन एकरएक जना पैकेलोको रुपमा प्रस्तुत हुनुहुने छ भने साथै साङ्गीतिक साँझको आयोजना पनि हुने छ ।


