काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ ।
उपत्यकामा इन्धनबाट चल्ने ट्याक्सीको सङ्ख्या १२ हजार पाँच सय छ । व्यवसायी र यात्रुहरू पनि विद्युतीय ट्याक्सीमै आकर्षित भएका छन् । वातावरण मैन्त्री र ध्वनि प्रदूषण नहुने भएकाले विद्युतीय ट्याक्सी प्रति यात्रु, चालक र व्यवसायी आकर्षित हुदै गएका छन् । । वातावरणका हिसाबले काठमाडौँमा विद्युतीय गाडी नै अति उपयुक्त छ ।
नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।
इनधनबाट चल्ने ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सी सबै हिसाबले उपयुक्त छ । विद्युतीय ट्याक्सीमा करिब दुई सय रुपियाँको चार्ज गरेपछि उपत्यकामा दिनभरि जति गुडाए पनि हुन्छ । पेट्रोलबाट चल्ने हो भने कम्तीमा दुई हजार रुपियाँको तेल खर्च हुन्छ ।
२० वर्ष पुराना ट्याक्सीहरूको सट्टा भर्नामा व्यवसायीहरूले विद्युतीय ट्याक्सी लिएका छन् । विद्युतीय ट्याक्सीको मूल्य ३६ लाख ९९ हजार रुपियाँ छ । सरकारले १० प्रतिशत भन्सार छुट दिएको छ ।


