उदयपुरको बेलका नगरपालिका– ७ मा बोलेरो दुर्घटना हुदा ६ जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरो दुर्घट्ना हुदा ६ जनाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको मृत्यु भएको हो । घटनास्थलबाट ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनाको अनुसन्धान भइरहेकोले थप जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


