काठमाडौं ,चैत्र २
रुसमा आज(शुक्रबार) राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ ।निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ पटक पुनः सत्ता सम्हाल्नुहुने आँकलन गरिएको छ ।
निर्वाचनपछिको जितले उहाँलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको लामो शासन अवधि हो ।
मतदानको पूर्व सन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले देशमा ‘कठिन’ समयमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग आग्रह गर्नुभएको छ । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनुभएको छ ।
उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो ।पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागारमा मृत्यु भएको थियो ।


