• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ८. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

मदन भण्डारी राजमार्गको तम्घास-सिमलटारी खण्डमा चारवटा पक्की पुल अझै बनेनन्

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित

गुल्मी- गुल्मी जिल्लाको तम्घास-सिमलटारी सडक खण्डका चार स्थानमा पक्की पुल समयमै निर्माण कार्य नहुँदा नागरिकले वषौंदेखि सास्ती खेप्दै आएका छन् । जिल्लाको क्षेत्रनम्बर–२ अन्तर्गत मदनभण्डारी राजमार्गको तम्घास-सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डका बिचका बिभिन्न ४ वटा स्थानमा पक्की पुल निर्माणकार्य भइरहेको छ ।

सडक कालोपत्रे भएको करिब चार वर्ष बितिसक्दा पनि विभिन्न खोलामा पुल समयमै नबन्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास सिमलटारी सडक अन्तर्गत राजमार्गका हुलाके, धनार्जी, फूलवारी र घमिरका खोलामा पुल नबन्दा साना ठूला सवारी साधान र पैदल यात्रुलाई हरुलाई वर्षातको समयमा आउ–जाउ गर्न समस्या भएको हो ।

अहिले हुलाके, धनार्जी, फूलवारी र घमिर खहरे खोलाका चारवटा पुलको निर्माणको काम भइरहेको छ । पुल निर्माणको कामले गति लिन नसकेपछि त्यसक्षेत्रमा जनप्रतिनिधिले अनुगमन गरेका छन् ।

त्यस क्षेत्रबाट निर्वाचित सांसद गोकर्ण बिष्ट, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मदन भण्डारी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेल,सहित सुरक्षा निकाय, पत्रकार लगायतको टोलीले पुल निर्माणको पछिल्लो अवस्थाको अवलोकन गरेका हुन् ।

अबलोकनका क्रममा हुलाके खोला र धनार्जी खोलमा निर्माण हुन लागेका पुलको काम सुस्त गतिमा भइरहेको पाइएको थियो । त्यस्तै फुलवारी र घमिर खोलामा पुलको काम भने अन्तिम चरणमा पुग्न लागेको पाइएको थियो ।

चारवटा पुलमध्ये फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ । हुलाके र धनार्जी खोलामा पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।

घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको भने फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिनाभित्र सम्पन्न गरिसक्नु सम्झौता रहेको थियो । तर म्याद थप गरेर २०८० चैत्र ८ गतेसम्म पुर्‍याइएको थियो ।

चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ६५ प्रतिशत मात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ ।

फुलवारी खोलाको पुल २० मिटर लम्बाई र ११ मिटर चौडाईको हुनेछ । यी दुइवटा पुलको काम ढलान सकेर एप्रोज वाल लगायतका कार्य तीब्र गतिमा अगाडी बढेको छ । आउँदो बैशाख भित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरी काम भइरहेको निर्माण व्यवसायीले अनुगमन कर्तालाई प्रतिबद्धता जनाएका थिए ।

धनार्जी र हुलाके खोलको पुल निर्माणको काम सुस्त

धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजारको लागत रहेको छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाई को हुनेछ ।

यो पुल २०८० साल माघ महिनाभित्र सम्पन्न गर्नुपर्ने थियो । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाई ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण कार्य २०८० साल मंसिर महिना भित्र सम्पन्न गरिसम्याद थियो ।

तर पछिल्लो चैत महिनाको पहिलो सातासम्म यी पुलको प्रगती ३० प्रतिशत मात्रै भएको छ । यी दुइवटा पुल निर्माणको काम दुबै तर्फका पिल्लर मात्रै निर्माण भएका छन् । यहाँ निर्माण व्यवसायीले निकै सुस्त गतिमा काम गर्दै आएका थिए ।

तर पछिल्लो केहि दिन यता निर्माणले गतिलिने गरि काम गर्न सुरु भएको छ । यो पुल निर्माणको काम आउँदो असारसम्म सक्ने योजना रहेको छ । तर गर्नुपर्ने काम धेरै नै रहेको छ ।

चरवटै पुल असार अगाडी सकिन्छः आयोजना

मदन भण्डारी आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार आउँदो असारसम्म चारवटै पुल सक्ने गरि काम अगाडी बढाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको बताउनुभयो । उहाँले पछिल्लो कामको गति हेर्दा आशा असारसम्म काम सक्ने गरि काम अगाडी बढाउन तोकेता गरिएको बताउनुभयो ।

समयमै काम सक्नु पर्छः सांसद बिष्ट

समयमै पक्की पुल निर्माण नहुँदा वर्षातको समयमा सबैभन्दा पहिले आलोचना त्यस क्षेत्रबाट निर्वाचित सांसदको हुने गर्दछ । तर यसवर्ष भने वर्षात सुरु हुनुपूर्व नै सांसद गोकर्ण बिष्टले निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।

अनुगमनको क्रममा सांसद बिष्टले निर्माणको क्रममा बजेट लगायत कुनै समस्या आए समाधान गर्ने बताउनुभयो । तर यसवर्षको असारसम्म पुल निर्माणको काम कुनैपनि शर्तमा सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

पुल निर्माणको लागि आयोजना समाबेश भएको लामो समय हुँदा पनि समयमै पुल बन्न नसक्नुले नागरिकले वर्षातको समयमा धेरै दुखः झेल्नुपर्ने अवस्था रहेको सांसद बिष्टले बताउनुभयो । अब निर्माण व्यवसायीले कुनैपनि समस्या देखाएर पुल निर्माणको काम समयमा सक्दीन भन्न नपाउने बिष्टको तर्क रहेको छ ।

तम्घास सिमलटारी सडक खण्डका चार स्थानका पुन नबन्दा वर्षातको समयमा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले कैयौं सवारी साधनहरु बगाउने गरेको छ ।

पुल नहुँदा धेरै जोखिम बढेको छ । खहरे खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन तम्घास जानेहरु पनि दुई तीन दिन खहरे खोलाले थुनेर बिच बाटोमै बस्नुपर्ने बाध्यता पनि सृजना हुन्छ ।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीनवर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो ।

तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर छल्दी खोलासम्म सडकको ट्र्याक खोल्ने कार्य भएको थियो । त्यसपछि छल्दीदेखि सिमलटारीसम्म ०६४ सालपछि मात्रै खोलाको किनारबाट सडक बिस्तार गरिएको हो ।

तम्घास सिमलटारी सडक बिस्तार भएको ३० वर्षपछि मात्रै कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएपछि धुर्कोट, मदाने मालिका, इस्मागाउँपालिका र छिमेकी जिल्ला प्युठान सम्म पुग्ने स्थानीय प्रत्यक्ष लाभाम्वित छन् ।

आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • २.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ३.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ४.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ५.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

  • ६.
    नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

  • ७.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.