• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ५. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ८. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

अनमोल केसी र जसिता गुरुङ अभिनित बहुप्रतिक्षित फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख ६
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अनमोल केसीलाई केन्द्रमा राखिएको छ । टाइम ट्राभलको कथालाई मुख्य विषय बनाएर बनेको फिल्मको ट्रेलर निकै फरक देख्न सकिन्छ । ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम र सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ । ट्रेलरमा जसिताप्रति अनमोल बढी नै आशक्त देखिएका छन् ।

फिल्ममा सुयोग गुरुङको लेखन र निर्देशन छ । राजधानीमा बिहीबार एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक गुरुङले सन् २०१९ देखि फिल्मको तयारी गरेको स्मरण गर्दै नेपाली फिल्ममा पहिलोपटक ट्राभल जर्नीमा फिल्म बनाएको दाबी गरे । ‘खास गरी यो जनराको फिल्मका दर्शक र फ्यानहरु ओटीटी प्लेटफर्ममा बढी छन्’, उनले भने, ‘ड्रामा, कमेडी र प्रमुख पात्रको जर्नीलाई फिल्ममा देखाइएकोले नेपाली दर्शकका लागि फिल्म फरक स्वादको अवश्य हुनेछ ।’

फिल्मका नायक अनमोल केसीले आफूलाई चार वर्षअघि निर्देशक सुयोगले फिल्मको कन्सेप्ट सुनाउँदा नै फिल्मप्रति आफ्नो चासो बढेको खुलाए । ‘यो चरित्र मेरा लागि चुनौतीपूर्ण नै थियो । तीन वर्षको मेहनतमा त्यो चुनौतीलाई तोड्न सफल भएँ जस्तो लागेको छ’, उनले भने ।


फिल्मबाट रवि काफ्ले र समृद्धि रिजालले अभिनयमा ‘डेब्यू’ गर्दैछन् । रविले बाल्यकालदेखिको फिल्ममा अभिनय गर्ने सपना अहिले आएर पुरा भएको भन्दै खुशी व्यक्त गरे । नवनायिका समृद्धिले राम्रो टिमसँग सहकार्य गर्न पाउनु आफ्ना लागि थप खुशीको कुरा भएको बताइन् ।
निर्माता रोहित अधिकारीले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए । ओएरआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्म जेठ १० गतेबाट रिलिज हुँदैछ ।

सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्माता ओमप्रकाश अग्रवाल हुन् । मनोज वली र रामु न्यौपाने सह¬–निर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता र आलोक शुक्लाको छायांकन छ । फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्म आगामी जेठ १० गते रिलिज हुँदैछ ।

बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित
मनास्लुको स्याउ गोदाममै थन्कियो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘कबड्डी ५’को नयाँ गीत ‘बुझ्न मलाई’ सार्वजनिक, काजीको भावनात्मक कथा प्रस्तुत

  • २.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ३.
    एनपीएलमा जनकपुरको शानदार पुनरागमन, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ६.
    एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै

  • ७.
    मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन

  • ८.
    चाडपर्वमा बढ्यो सवारी दुर्घटना : एक सय चालिस जनाको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.