• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

उच्च जोखिममा विमानस्थल र बस्ती

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ ।

त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।

हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ ।

यही साउन ९ गते धावनमार्गबाट करिब दुई सय मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ । उक्त दुर्घटना विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा भयो, त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो ।

नेपाल आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख प्रदीप यादवले यो तथ्यलाई स्विकार्दै भन्नुभयो, “गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्स उत्तरतिरबाट उडेर दायाँ मोडेको भए डिपोमै परी ठुलो क्षति हुने थियो ।”

यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ । त्यही भएर आइकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरणमार्फत नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको थियो तर निगम व्यवस्थापनले भने डिपो सार्ने प्रक्रिया अगाडि बढाएका छैन ।

नेपाल आयल निगमको हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख यादवले हवाई इन्धन डिपो उच्च जोखिम स्थानमा रहेकाले तत्काल सार्न अति आवश्यक रहेको बताउनुभयो । “डिपो घनाबस्ती र आइकाओको सुरक्षा मापदण्डविपरीत स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने देखिन्छ, कुनै घटना भयो भने डिपोका कारण स्थानीय बस्तीमा ठुलो जनधनको क्षति पुग्ने देखिन्छ ।”

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोज दासले विमानस्थलनजिक रहेको हवाई इन्धन डिपोमा अन्तर्राष्ट्रिय मान्यता अनुसार सुरक्षाका मापदण्ड अपनाउनुपर्ने बताउनुभयो ।

सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानमा उत्तर पश्चिमको गुह्येश्वरीस्थित गल्फ कोर्सनजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानिएकाले डिपो त्यही सार्न जग्गा उपलब्ध गराए पनि सार्ने प्रक्रिया अगाडि बढ्न नसकेको डिपो प्रमुख यादवले जानकारी दिनुभयो ।

५० रोपनी जग्गा रहेको गुह्येश्वरीको खाल्डोनजिक रनवेको उत्तर पश्चिमको कुनामा डिपो सार्न उपयुक्त छ भनेर नेपाल वायुसेवा निगमले पनि अनुरोध गरेकामा सार्ने प्रक्रिया अगाडि नबढ्दा उच्च जोखिम देखिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चाहिँ डिपो सार्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुनै पनि निर्देशन नआएको जानकारी दिनुभयो । उहाँले अर्काे ठाउँमा डिपो सार्न प्राविधिक रूपमा कठिन रहेको दाबी गर्नुभयो ।

यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डी घिमिरेले मन्त्रालय तहमा यस विषयमा कुनै जानकारी नआएको बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमलाई डिपो सार्ने विषयमा जानकारी गराए पनि सम्बन्धित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय भएर उद्योग मन्त्रालयमा आउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डिपो सार्नुपर्ने आवश्यक देखिए पनि सम्बन्धित नागरिक उड्डयन मन्त्रालयबाट पहल भएको छैन ।” डिपो सार्ने विषयमा निगम र क्यानबिच छलफल भए पनि त्यसबाट निर्णयमा पुग्न नसक्ने हुँदा माथिल्लो तहमा ‘च्यानलवाइज’ आउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिनामङ्गलको घनाबस्तीबिच अति जोखिम अवस्थामा रहेको उक्त डिपो सार्न पटक पटक निगमको ध्यानाकर्षण गराए पनि निगम संवेदशील बन्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगमले नै सैद्धान्तिक सहमति नदिएर बारम्बारको आह्वानलाई अटेरी गर्दै तपाईं हाम्रो सुरक्षामा खेलाँची गर्दै आएको छ । त्यसै पनि विमानस्थल साँघुरो बन्दै गएको अवस्थामा निगमले सार्ने उपयुक्त जग्गा छैन भनेर अटेर गर्दै आएको बुझिएको छ ।”

डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै भुलले डिपोवरिपरि रहेका करिब १० हजारभन्दा बढी सर्वसाधारणको जीवनसँग जोडिएको विषयमा निगम मौन भएर बस्न नहुने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार गत बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमै पाँच पटक हवाई दुर्घटना भएका छन् । जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन् ।

सिनामङ्गल हवाई इन्धन डिपोमा हाल सात हजार ६६० किलो हवाई इन्धन भण्डारण क्षमता रहेको छ । दैनिक चार सय किलोलिटर हवाई इन्धन खपत हुने कार्यालयले जनाएको छ । यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताको आठ वटा इन्धन भण्डारण गर्ने भाँडा छन् ।

गत बुधबार सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको थियो । यसअघि टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठुलो क्षति हुन सक्थ्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको सो डिपोका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन् । विज्ञका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम छ । सिनामङ्गलको घनाबस्तीबिच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सार्न निगमले ढिलाइ गर्दा भविष्यमा हुन सक्ने दुर्घटनाबाट थप क्षति हुने देखिन्छ । विमानस्थल र घनाबस्तीबिचमा रहेको सो हवाई इन्धन डिपोका कारण सिनामङ्गल र जागृतिनगरका हजारौँ घर उच्च जोखिममा छन् । त्यसको असर काठमाडौँ उपत्यकाको धेरै क्षेत्रमा पर्ने देखिन्छ ।गोरखापत्र बाट

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.