• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • १०. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

वामपन्थीलाई लोकतान्त्रिकीकरण गर्न पुष्पलालको योगदान महत्वपूर्ण : राष्ट्रपति पौडेल

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

काठमाडौं ,साउन १७
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण समारोहलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा सम्बोधन गर्नुहुँदै उहाँले पुष्पलाल नेपाली राजनीतिका एक मूर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता भएको धारणा राख्नुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “पुष्पलालले हिंसाबाट नभई लोकतान्त्रिक प्रक्रियाबाट नै समाजका अन्तरविरोध र सङ्कट समाधान हुनसक्छन् भन्ने ठान्नु आफैँमा त्यो समयको कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण प्रस्ताव थियो र त्यसले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न एउटा महत्वपूर्ण वैचारिक मार्ग प्रसस्त ग¥यो । यसका लागि पुष्पलालको ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।” नेता मदन भण्डारी र पुष्पलालले कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न भूमिका खेल्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र उत्पादन सम्बन्धको गहिरो विश्लेषण तथा समाजका अन्तरविरोधलाई सुविचारित ढङ्गले अभिलेखन गर्न योगदान गर्नुभएको बताउनुभयो । उहाँले पुष्पलाल असल नेता, लेखक र चिन्तक भएको स्मरण गर्नुभयो । देशमा लोकतन्त्र स्थापना गर्नका लागि पञ्चायतइतरका शक्ति मिलेर सङ्घर्ष गर्नपर्छ भन्ने पुष्पलालको विचारका कारण २०४६ सालमा कांग्रेस र वाम मोर्चा मिलेर बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न सम्भव भएको उहाँको भनाइ थियो ।

पुष्पलालसँग बनारसमा भेटेको स्मरण गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “पञ्चायतका विरुद्धमा सङ्घर्ष गरीरहेका कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई उहाँले समान स्नेह गर्नुहुन्थ्यो । हामी बिपीलाई भेट्न बनारस जाँदा पुष्पलाललाई भेट्न गएका थियौँ । आन्दोलनका बारेमा कुराकानी भयो । काठमाडौँमा कोसँग सम्पर्क गर्नेभन्दा हिरण्यलाल श्रेष्ठसँग गर्नु भन्नुभयो । माइला दाइले भनेको है भनेर पनि भन्नुभयो ।”
अग्रज नेताहरूको सङ्घर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालको संविधानले वास्तविक रुपमा नेपाली जनतालाई मालिक बनाएको छ । हामी त्यही संविधान कार्यान्वयनको चरणमा छौँ तर पनि अझै हामीले जनताले अनुभूत गर्नसक्ने गरी यसको व्यवहारिक कार्यान्वयन गर्न नसकिरहेको अवस्था चिन्ताको विषय हो । जनताले अनुभूत हुने गरी लोकतन्त्रको प्रतिफल उनीहरूको घरदैलोसम्म पु¥याउनसके मात्र यस्ता नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने हामी नबिर्सौं ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलालले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदानको सम्मान गर्दै आर्थिक वर्ष २०६८÷६९ देखि नै पुरस्कार दिन थालेको स्मरण गर्नुभयो । यस वर्ष पुष्पलाल भारत निर्वासनमा रहनुहुँदा बस्नलाई कोठा दिनुहुने विश्वनाथ सिंहलाई मरणोपरान्त पुरस्कार दिएकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयप्रति उहाँले आभार प्रकट गर्नुभयो । स्व सिंहले पुष्पलाललाई दिएको कोठा उहाँको सम्मानस्वरुप अहिले पनि खाली गरेर राख्ने गर्नुभएको पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले सुनाउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुष्पलाललगायत नेताले लोकतन्त्रवादी र वामपन्थी मिल्नुपर्छ भनी राख्नुभएको विचारकै कारण अहिलेको व्यवस्था स्थापनाका लागि सहयोग पुगेको बताउनुभयो । अहिलेको संविधान निर्माणमा पनि पुष्पलाललगायत नेताले गर्नुभएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

लोकतन्त्रवादी दल र वामपन्थी दलले विकास तथा समृद्धिका लागि सहकार्य गरी निर्वाचनमा प्रतिस्पर्धाको अभ्यास सुरु गरेको मन्त्री पाण्डेले जानकारी गराउनुभयो । राजनीतिलाई पुष्पलालको बेलाको जस्तै त्याग, सङ्घर्ष र बलिदानको बाटोमा हिँडाउनुपर्ने उहाँको भनाइ थियो । राजनीतिलाई ज्ञान र सदाचारको बाटोमा हिँडाउन सकेमात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले सुनाउनुभयो ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले पुष्पलालको आदर्श व्यक्तित्वको अनुसरण गरेर अघि बढ्नेलाई पुरस्कारका लागि छनोट गर्ने गरिएको बताउनुभयो । सो अवसरमा पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० राजनीतिक÷सैद्धान्तिक विषयगत क्षेत्रतर्फ सिद्धिलाल सिंहलाई प्रदान गरिएको थियो । यसैगरी, पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० इतिहास विषयगत क्षेत्रतर्फ स्व डा विश्वनाथ सिंहलाई प्रदान गरिएको थियो । पुष्पलाल राष्ट्रिय पुरस्कार, २०८० साहित्य, संस्कृति र विज्ञान विषयगत क्षेत्रतर्फ चतुर्भुज आत्रेयलाई प्रदान गरिएको थियो । तीनवटै पुरस्कारको राशि रु एक लाख रहेको मन्त्रालयले जनाएको छ ।

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.