काठमाडौं ,साउन १७
इजरायली सेनाको आक्रमणमा मारिएका हमासका उच्च नेता स्माइल हानियाको अन्तिम संस्कारमा हजारौँ इरानी नागरिक सहभागी भएका छन ।इरानको राजधानी तेहरानमा हजारौँ मानिसहरु शव यात्रामा सहभागी भएका हुन ।
हानियाको इजरायली एअर फोर्सले इरानमा हत्या गरेको थियो ।हमासका शीर्ष नेता मानिने हानिया इजराजयल र प्यालेष्टानबीचको युद्ध अनत्यका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहनुभएको थियो ।
हानियाको हत्यापछि हमासले इजरायललाई प्रतिशोध साँध्ने चेतावनी दिएको छ। तर इजरायलले भने हानियहको हत्याको बारेमा कुनै प्रतिकृया दिएको छैन ।यता अमेरिकाले चाहिँ नेता हानियाको हत्याको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको छ।
तपाईको प्रतिक्रिया


